मैले त तिम्रो साथ मागेकी थिएँ,
तर तिमीले निराशा र पर्खाइ दियौ।
मैले त उपहार खोजेकी थिएँ,
तर तिमीले पैसा थमाई किन्न पठायौ।
नुन भातको स्वादमा माया खोजेकी म,
तिमीले रेस्टुरेन्टको एक्लोपन थमायौ।
म सस्तो खुशीमा तिमीलाई बाँध्न चाहन्थेँ,
तिमी भने विलासी उज्यालोमा हरायौ।
पैसाको चमक तिहारको बत्ती जस्तै हो
क्षणभर बल्छ, तर आत्मा उज्यालिँदैन।
जति उज्यालो पारे पनि संसार,
औँशीको कालो रातले कहिले उज्यालो दिदैन ।
तिमीले कहिल्यै बुझेनौ, प्रिय
मेरो चाहना कस्तो थियो भनेर।
म माया बेच्न खोजेकी थिइनँ - महसुस खोजेकी थिएँ।
मैले त धन सम्पत्ति होइन,
तिम्रो स्पर्श, तिम्रो साथ मागेकी थिएँ।
View : 642
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved