Biratnagar, Morang, Nepal
देश
उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघ्यो
अखवारका कुरा २ कार्तिक २०८३, आइतवार

काठमाडौं । बडादशैं मनाउन वा अन्य कामले काठमाडौं उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघेको छ ।   नेपाल न्यूज बैंकसँगको कुराकानीमा काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार हालसम्म ७८ हजार सार्वजनिक सवारीसाधनले उपत्यका छाडेको र ४ लाख ९६ हजार यात्रु बाहिरिएका छन् । यो तथ्यांक घटस्थापनादेखि यताको हो ।    तर दशैंको महअष्टमीको दिन घर फर्कने यात्रुहरुको चाप निकै देखिएको पनि उनले जानकारी दिए । निजी सवारी साधनबाट बाहिरिने यात्रुको तथ्यांक आइनसकेको उनले बताए ।   महाअष्टमीका दिन बिहान उपत्यकाबाट बाहिरिने गाडीको...

मनोरंजन
कात्तिक २० मा विराटनगर म्युजिक फेस्टिभल : पहिलोपटक आउँदै अल्बाट्रोस
अखवारका कुरा २६ असोज २०८३, सोमवार

  विराटनगर । नेपाली ब्यान्ड अल्बाट्रोस पहिलोपटक विराटनगरमा प्रस्तुति दिन आउने भएको छ। कात्तिक २० गते शुक्रबार जैन भवनमा आयोजना हुने ‘विराटनगर म्युजिक फेस्टिभल’ले यहाँका संगीतप्रेमीलाई आफ्नै सहरमा अल्बाट्रोसको प्रत्यक्ष प्रस्तुति सुन्ने अवसर जुटाउने भएको हो। लाइभ इन्टरटेन्टमेन्टले विगत चार वर्षदेखि चाडपर्वको अवसर पारेर आयोजना गर्दै आएको फेस्टिभलमा यसपटक अल्बाट्रोसलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिनेछ। सोही मञ्चमा रकहेड ब्यान्डले पनि आफ्नो प्रस्तुति दिँदै दर्शकलाई सांगीतिक मनोरञ्जन प्रदान गर्नेछ। आयोजकले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको सम्पूर्ण त...

सामाजिक सेवा
पूर्व प्रहरी संगठनलाई थप सशक्त बनाउन बद्री विक्रम थापाको जोड
अखवारका कुरा ११ असोज २०८३, आइतवार

  सुन्दरहरैंचा । नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष प्रनाउ बद्री विक्रम थापाले पूर्व प्रहरीबीचको एकता, संस्थागत सुदृढीकरण र सदस्यहरूको हितलाई केन्द्रमा राखेर संगठनका गतिविधि अघि बढाउनुपर्ने बताएका छन्। नेपाल पूर्व प्रहरी संगठन परिवार, सुन्दरहरैंचा नगर कमिटीको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै थापाले स्थानीय तहका संगठनहरूलाई थप सक्रिय र व्यवस्थित बनाउँदै पूर्व प्रहरीका साझा विषयलाई संस्थागत रूपमा उठाउनुपर्नेमा जोड दिएका हुन्। सुन्दरहरैंचा–९ स्थित नागदेवी मन्दिरको सभाहलमा सम्पन्न सभामा थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा संगठनका विभिन्न स्थानीय तहका...

स्थानीय तह
मनकामना टोल सुधार समाजको शुभकामना आदानप्रदान सम्पन्न
अखवारका कुरा २ कार्तिक २०८३, आइतवार

काठमाडौं — मनकामना टोल सुधार समाजले विजया दशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। विगतका वर्षझैं यस वर्ष पनि आयोजित कार्यक्रममा अतिथि तथा सहभागीले एकअर्कालाई चाडपर्वको शुभकामना व्यक्त गरेका थिए। समाजका अध्यक्ष कृष्णप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर २ का सांसद सुनिल केसी प्रमुख अतिथि थिए। विशेष अतिथिका रूपमा कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र  कार्की तथा वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष भक्तबहादुर थापाको उपस्थिति थियो। कार्यक्रममा अतिथिहरूले विजया दशमी, तिहार, नेपाल संवत्...

प्रदेश
विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरु : प्रदेशलाई अधिकार दिन र अन्तरप्रदेश सहकार्य बढाउन जोड
अखवारका कुरा २७ असोज २०८३, मङ्गलवार

विराटनगर । संविधानले सुनिश्चित गरेका अधिकार हस्तान्तरण, संघीयता कार्यान्वयन र अन्तरप्रदेश सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि सुरु भएको सम्मेलनको मुख्यमन्त्रीहरूले सामूहिक रूपमा डिजिटल प्रविधिमार्फत उद्घाटन गरेका हुन्। उद्घाटन सत्रमा सहभागी मुख्यमन्त्रीहरूले आवश्यक कानुन निर्माण र प्रशासनिक तथा वित्तीय अधिकार हस्तान्तरणमा ढिलाइ हुँदा प्रदेश सरकारको कार्यसम्पादन प्रभावित भएको बताएका छन्। उनीहरूले प्रदेशहरूबीच साझा लगानी, पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनका चुनौती सामना गर्न सहकार्य आवश्यक...

अर्थ
अब बेड र म्याट्रेस रोज्न सजिलो : विराटनगरको गोग्राह चोकमा खुल्यो फोर स्टार म्याट्रेस स्टुडियो
अखवारका कुरा २ कार्तिक २०८३, आइतवार

  विराटनगर । नयाँ घरका लागि आकर्षक बेड खोज्दै हुनुहुन्छ? वा पुरानो म्याट्रेस फेरेर आफ्नो आरामलाई अझ विशेष बनाउने सोचमा हुनुहुन्छ? अब तपाईंको आवश्यकता र बजेटअनुसारका विभिन्न विकल्प विराटनगरमै उपलब्ध छन्। विराटनगर–३, गोग्राह चोकमा सञ्चालनमा आएको फोर स्टार म्याट्रेस स्टुडियोले बेड, म्याट्रेस तथा आरामका लागि आवश्यक उत्पादन एउटै छानामुनि ल्याएको छ। दिनभरको व्यस्ततापछि आराम गर्ने ओछ्यानको छनोट पनि विशेष हुनुपर्छ भन्ने सोचसहित स्थापना गरिएको स्टुडियोमा ग्राहकले विभिन्न उत्पादन प्रत्यक्ष हेरेर आफ्नो रोजाइअनुसार छनोट गर्न सक्छन्। स्टुडियोमा १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मका बेड...

खेलकुद
एनपीएलको तयारीमा विराटनगर किंग्सलाई बागमती प्लास्टिकको साथ, प्रायोजन सम्झौतामा हस्ताक्षर
अखवारका कुरा २ कार्तिक २०८३, आइतवार

  विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनको तयारीमा रहेको विराटनगर किंग्सलाई बागमती प्लास्टिक उद्योगको साथ मिलेको छ। किंग्स र उद्योगबीच प्रायोजन सम्झौता भएसँगै टोलीको तयारीमा थप बल पुग्ने अपेक्षा गरिएको छ। विराटनगरस्थित होटल लेमन ट्रीमा आयोजित कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। बागमती प्लास्टिक उद्योगका तर्फबाट अमित राठी तथा विराटनगर किंग्सका तर्फबाट स्वागत प्याकुरेल र जयश जैनले सम्झौतापत्रमा हस्ताक्षर गरे। नेपाली क्रिकेटप्रति बढ्दो आकर्षणसँगै भएको यो सम्झौताले खेलकुद र निजी क्षेत्रबीचको सहकार्यलाई अघि बढाएको छ। बागमती प्लास्टिकको साथले आगामी...

स्वास्थ
सर्पदंशबाट ज्यान जोगाउन समयमै उपचार र जनचेतनामा जोड
अखवारका कुरा २७ असोज २०८३, मङ्गलवार

विराटनगर । सर्पदंशपछि अपनाइने गलत उपचार विधि र अस्पताल पुग्न हुने ढिलाइले ज्यान जोखिममा पर्ने भन्दै विज्ञले समयमै उपचार र जनचेतना विस्तारमा जोड दिएका छन् । फेयरमेड र सिबिआर विराटनगरले आज सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रियामा नेपालमा सर्पदंशको अवस्था, लक्षण तथा रोकथामका उपायबारे जानकारी दिइएको हो । कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका महासचिव कैलाश खाकी श्रेष्ठले नेपालमा बर्सेनि करिब २० हजार मानिसलाई सर्पले टोक्ने र करिब एक हजारको मृत्यु हुने अनुमान प्रस्तुत गरे । सर्पदंशबाट हुने मानवीय क्षति कम गर्न सुरक्षित प्राथमिक उपचार, तत्काल अस्पतालसम्मको पहुँच र समुदायमा सचेतना आवश्यक रहेको उनले ब...

शिक्षा
विद्या संस्कार एकेडेमीको दसैँ उत्सवमा विद्यार्थीको प्रतिभा र नेपाली संस्कृतिको संगम
अखवारका कुरा २ कार्तिक २०८३, आइतवार

  दुहबी, सुनसरी । सुनसरीको दुहबी–३ स्थित विद्या संस्कार एकेडेमीले दसैँको सांस्कृतिक महत्त्व र नेपाली मौलिक परम्परालाई केन्द्रमा राख्दै ‘विद्या संस्कार दसैँ उत्सव–२०८३’ सम्पन्न गरेको छ। शुक्रबार आयोजित उत्सवमा विद्यार्थीहरूले गायन, वाद्यवादन, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुहबी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विकास घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपेश राउत, पूर्व रा...

राजनीति
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु , बिनोद र महामन्त्रीमा प्रदीप उदयशमशेर र डिला विजयी
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु , बिनोद र महामन्त्रीमा प्रदीप उदयशमशेर र डिला विजयी
अखवारका कुरा २६ असोज २०८३, सोमवार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन्। त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन् ।  महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन् ।  उपसभापति खुलातर्फ चन्द्रकान्त भण्डारीलाई सर्वाधिक मत उपसभापति खुलातर्फको मतगणनामा डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । विजयी भ...

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved