Biratnagar, Morang, Nepal
देश
एनपीएलमा डीआरएसकाे प्रयोग हुने
अखवारका कुरा ४ कार्तिक २०८३, मङ्गलवार

काठमाडौं: कीर्तिपुर मैदानमा यही कात्तिक ९ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) काे प्रयोग हुने भएको छ ।   नेपाल प्रिमियर लिगकाे अफिसियल फेसबुक पेजमार्फत यसपटकको एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो ।   डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ जसका कारण बलिङ टिमले विकेट प्राप्त गर्न सक्छ भने ब्याटिङ टिमले विकेट फर्काउन सक्छ ।   अब एनपीएलमा एलबीडब्लुको रिभ्यूका लागि फूल थ्...

मनोरंजन
पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द
अखवारका कुरा ३ कार्तिक २०८३, सोमवार

काठमाडौं । पहिरो र बाढीका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार म्याग्दी र सुर्खेतमा सडक एकतर्फी सञ्चालनमा रहे पनि गोरखामा भने सडक पूर्ण रूपमा अवरुद्ध छ।   प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्डमा असोज १० गते बिहान ५:५० बजेदेखि अवरोध भएको हो।   त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा आसपासको क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिमा रहेको फलामे पुलमा समस्या आएपछि गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक...

सामाजिक सेवा
कार्की वंशको प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै प्रमुख निर्वाचन आयुक्त कार्की सम्मानित
३ कार्तिक २०८३, सोमवार

मुडुला कार्की कुलायन समाजले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई सम्मान गरेको छ। मुडुला कार्की वंशका कार्कीले प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा पुगेर कार्की वंशको प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै समाजले सम्मान गरेको हो। समाजको केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम अध्यक्ष रेवतबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेसका विराटनगर महानगर सभापति कृष्ण कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रोहन कार्कीलगायत कार्की बन्धुहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै...

स्थानीय तह
मनकामना टोल सुधार समाजको शुभकामना आदानप्रदान सम्पन्न
अखवारका कुरा २ कार्तिक २०८३, आइतवार

काठमाडौं — मनकामना टोल सुधार समाजले विजया दशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। विगतका वर्षझैं यस वर्ष पनि आयोजित कार्यक्रममा अतिथि तथा सहभागीले एकअर्कालाई चाडपर्वको शुभकामना व्यक्त गरेका थिए। समाजका अध्यक्ष कृष्णप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर २ का सांसद सुनिल केसी प्रमुख अतिथि थिए। विशेष अतिथिका रूपमा कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र  कार्की तथा वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष भक्तबहादुर थापाको उपस्थिति थियो। कार्यक्रममा अतिथिहरूले विजया दशमी, तिहार, नेपाल संवत्...

प्रदेश
विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरु : प्रदेशलाई अधिकार दिन र अन्तरप्रदेश सहकार्य बढाउन जोड
अखवारका कुरा २७ असोज २०८३, मङ्गलवार

विराटनगर । संविधानले सुनिश्चित गरेका अधिकार हस्तान्तरण, संघीयता कार्यान्वयन र अन्तरप्रदेश सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि सुरु भएको सम्मेलनको मुख्यमन्त्रीहरूले सामूहिक रूपमा डिजिटल प्रविधिमार्फत उद्घाटन गरेका हुन्। उद्घाटन सत्रमा सहभागी मुख्यमन्त्रीहरूले आवश्यक कानुन निर्माण र प्रशासनिक तथा वित्तीय अधिकार हस्तान्तरणमा ढिलाइ हुँदा प्रदेश सरकारको कार्यसम्पादन प्रभावित भएको बताएका छन्। उनीहरूले प्रदेशहरूबीच साझा लगानी, पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनका चुनौती सामना गर्न सहकार्य आवश्यक...

अर्थ
अब बेड र म्याट्रेस रोज्न सजिलो : विराटनगरको गोग्राह चोकमा खुल्यो फोर स्टार म्याट्रेस स्टुडियो
अखवारका कुरा २ कार्तिक २०८३, आइतवार

  विराटनगर । नयाँ घरका लागि आकर्षक बेड खोज्दै हुनुहुन्छ? वा पुरानो म्याट्रेस फेरेर आफ्नो आरामलाई अझ विशेष बनाउने सोचमा हुनुहुन्छ? अब तपाईंको आवश्यकता र बजेटअनुसारका विभिन्न विकल्प विराटनगरमै उपलब्ध छन्। विराटनगर–३, गोग्राह चोकमा सञ्चालनमा आएको फोर स्टार म्याट्रेस स्टुडियोले बेड, म्याट्रेस तथा आरामका लागि आवश्यक उत्पादन एउटै छानामुनि ल्याएको छ। दिनभरको व्यस्ततापछि आराम गर्ने ओछ्यानको छनोट पनि विशेष हुनुपर्छ भन्ने सोचसहित स्थापना गरिएको स्टुडियोमा ग्राहकले विभिन्न उत्पादन प्रत्यक्ष हेरेर आफ्नो रोजाइअनुसार छनोट गर्न सक्छन्। स्टुडियोमा १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मका बेड...

खेलकुद
युनाइटेडलाई ४३ रनले हराउँदै विराट क्रिकेट एकेडेमीले जित्यो मैत्रीपूर्ण सिरिज
अखवारका कुरा ४ कार्तिक २०८३, मङ्गलवार

  बिर्तामोड । विराटनगरको विराट स्पोर्ट्स जोन विराट क्रिकेट एकेडेमीले झापाको युनाइटेड क्रिकेट एकेडेमीविरुद्धको मैत्रीपूर्ण क्रिकेट सिरिज जितेको छ। बिर्तामोडस्थित युनाइटेडको खेल मैदानमा सम्पन्न सिरिजको अन्तिम खेलमा घरेलु टोलीलाई ४३ रनले पराजित गर्दै विराटले उपाधि हात पारेको हो। पहिले ब्याटिङ गरेको विराटले ९२ रन बनाउँदै युनाइटेडलाई ९३ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको युनाइटेड विराटका बलरहरूको कसिलो बलिङसामु टिक्न सकेन। युनाइटेड १४ ओभरमा ४९ रनमै अलआउट भएपछि विराटले फराकिलो जित निकालेको हो। निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरेका विराटका अन्डर–१३ खेलाडी निश्चल कोइराला &lsq...

स्वास्थ
सर्पदंशबाट ज्यान जोगाउन समयमै उपचार र जनचेतनामा जोड
अखवारका कुरा २७ असोज २०८३, मङ्गलवार

विराटनगर । सर्पदंशपछि अपनाइने गलत उपचार विधि र अस्पताल पुग्न हुने ढिलाइले ज्यान जोखिममा पर्ने भन्दै विज्ञले समयमै उपचार र जनचेतना विस्तारमा जोड दिएका छन् । फेयरमेड र सिबिआर विराटनगरले आज सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रियामा नेपालमा सर्पदंशको अवस्था, लक्षण तथा रोकथामका उपायबारे जानकारी दिइएको हो । कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका महासचिव कैलाश खाकी श्रेष्ठले नेपालमा बर्सेनि करिब २० हजार मानिसलाई सर्पले टोक्ने र करिब एक हजारको मृत्यु हुने अनुमान प्रस्तुत गरे । सर्पदंशबाट हुने मानवीय क्षति कम गर्न सुरक्षित प्राथमिक उपचार, तत्काल अस्पतालसम्मको पहुँच र समुदायमा सचेतना आवश्यक रहेको उनले ब...

शिक्षा
विद्या संस्कार एकेडेमीको दसैँ उत्सवमा विद्यार्थीको प्रतिभा र नेपाली संस्कृतिको संगम
अखवारका कुरा २ कार्तिक २०८३, आइतवार

  दुहबी, सुनसरी । सुनसरीको दुहबी–३ स्थित विद्या संस्कार एकेडेमीले दसैँको सांस्कृतिक महत्त्व र नेपाली मौलिक परम्परालाई केन्द्रमा राख्दै ‘विद्या संस्कार दसैँ उत्सव–२०८३’ सम्पन्न गरेको छ। शुक्रबार आयोजित उत्सवमा विद्यार्थीहरूले गायन, वाद्यवादन, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुहबी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विकास घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपेश राउत, पूर्व रा...

राजनीति
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु , बिनोद र महामन्त्रीमा प्रदीप उदयशमशेर र डिला विजयी
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु , बिनोद र महामन्त्रीमा प्रदीप उदयशमशेर र डिला विजयी
अखवारका कुरा २६ असोज २०८३, सोमवार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन्। त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन् ।  महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन् ।  उपसभापति खुलातर्फ चन्द्रकान्त भण्डारीलाई सर्वाधिक मत उपसभापति खुलातर्फको मतगणनामा डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । विजयी भ...

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved