Biratnagar, Morang, Nepal
साहित्य

कविता

जीवनको भोगाइ

-
अखवारका कुरा
३२ असार २०८२, बुधवार

Advertisement

थाकेछन् पाइलाहरू, मौन छन् भावना,
बोल्दैन अब समय, बोल्छ पीडाको कविता।
सपना बगिरहेका छन् आँसुको भेलमा,
हामी हिँडिरहेका छौं, नमीठो खेलमा। 

जहाँ गयौं त्यहाँ अन्धकारको छाया,
हर प्रयास सँगै डुबेको आशा।
जति हिँड्यौं, उति टाढा लाग्छ उज्यालो,
प्रत्येक पाइलामा झर्छ असफलताको आलो। 

र, त्यसमाथि 
सबैजना चाहन्छन् हामी झरौं तल,
सघाउँदैनन्, बरु बढाउँछन् सकसको हलचल।
जीवन गाह्रो हुँदा, थप्छन् झन् अवरोध,
बनाउँछन् सिधा बाटोलाई काँडाले ओतप्रोत। 

तर
नढल्ने हो हामी, न भासिनेछ यो आत्मा,
चिच्याउँछ मौनताले — अझ बाँकी छ यात्रा।
धर्ती चिरेर फेरि फुल्नेछौं हामी,
डरको शून्यताभित्र उजागर गर्नेछौं साहसको उज्यालो। 

हामी उठ्नेछौं — आँधीझैँ बलियो भएर,
हामी उठ्नेछौं — इतिहास फेरि लेख्नेगरि।
हामी उठ्नेछौं — हो, हामी उठ्नेछौं,
र, इतिहास कोर्नेछौं….. फेरि।।

View : 683

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved