Biratnagar, Morang, Nepal
देश

बास्कोटाले गरे प्रधानमन्त्री बालेनको यूएन सम्बोधनको प्रशंसा

-
अखवारका कुरा
९ असोज २०८३, शुक्रवार

Advertisement

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन् । 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बाँस्कोटाले शाहको सम्बोधन आफूलाई दृढ, सार्थक र जोडदार लागेको बताएका हुन्।

उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक नभए पनि प्रधानमन्त्री शाहले राष्ट्रसंघमा देशको भावना बोलेको भन्दै खुसी मनले समर्थन गरेको बताएका छन्। 

उनले लेखेका छन्,‘प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ र सार्थक र जोडदार लाग्यो। तर म रास्वपा होइन, उनले देशको भावना बोले–मंैले खुसी मनले समर्थन गरेँ ।’

View : 6

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved