बेलायती कम्पनीसँग सहकार्य गर्न सकिने उनको भनाइ थियो । नेपालको विविध भौगोलिक अवस्था र हावापानीका कारण उच्च मूल्यका कृषि उपज, जैविक खेती, खाद्य प्रशोधन, शीतभण्डार पूर्वाधार र कृषि प्रविधिमा लगानीको सम्भावना रहेको उनले बताए ।
दुवाडीले सूचना प्रविधि तथा डिजिटल सेवाको क्षेत्रलाई तत्काल सहकार्य गर्न सकिने सम्भावनायुक्त क्षेत्रका रूपमा औँल्याए । नेपालमा प्राविधिक रूपमा सक्षम युवा जनशक्ति बढ्दै गएको भन्दै सफ्टवेयर विकास, व्यावसायिक प्रक्रिया बाह्यस्रोतबाट सञ्चालन, लेखा तथा वित्तीय सेवा, डिजिटल बजारीकरण र साइबर सुरक्षामा नेपाली कम्पनीले अन्तर्राष्ट्रिय बजारमा अवसर खोज्न सक्ने बताए ।
View : 116
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved