Biratnagar, Morang, Nepal
प्रदेश

नेकपाले टुंग्यायो कोशी सरकारमा सहभागी हुने मन्त्रीको नाम

-
अखवारका कुरा
१ भदौ २०८३, सोमवार

Advertisement

 

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कोशी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्री तथा राज्यमन्त्रीको नाम टुंगो लगाएको छ।

नेकपा कोशी प्रदेश कार्यालय र संसदीय दलको नेतृत्वबीच भएको छलफलपछि सरकारमा पठाउने मन्त्री तथा राज्यमन्त्रीको नाममा सहमति जुटेको हो।

सहमति अनुसार इलामकी खिनु लङवा लिम्बू, मोरङका जीवन आचार्य, सोलुखुम्बुका गोम्बू शेर्पा र मोरङकी गीता तिम्सिना मन्त्री बन्ने भएका छन्। यस्तै सुनसरीकी सपना दर्जी राज्यमन्त्री बन्ने तय भएको छ।

नेकपाले मन्त्रीसँगै सम्हाल्ने मन्त्रालयको समेत टुंगो लगाएको छ। जसअनुसार खिनु लङवा लिम्बूले पर्यटन, वन तथा वातावरण मन्त्रालय, जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालय, गोम्बू शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र गीता तिम्सिनाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

View : 31

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved