काठमाडौं । अष्ट्रेलियामा बसोबास गर्दै आएका ३० वर्षीय नेपाली युवा सरोज अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनले मे २० तारिख बिहान ५ः५० बजे सगरमाथाको चुचुरो चुमेका हुन्।
आफ्नो जन्मदिनको अवसर पारेर मे १९ तारिखमा सगरमाथाको शिखरमा पुग्ने लक्ष्य राखेका अर्यालले बाटोमा केही ढिलाइ भएपछि जन्मदिनको भोलिपल्ट मे २० मा चुचुरो चुमेका हुन्।
आफ्नै देशको गौरव सगरमाथामा नेपालीभन्दा विदेशी आरोहीहरूको बाहुल्यता देखेर उनलाई निकै खिन्नता लागेको थियो।
नेपाली हुनुको नाताले आफ्नो गौरवको शिखर आफैँले चढ्नुपर्छ भन्ने प्रेरणाले सगरमाथासम्म पु¥याएको उनले सुनाए।
View : 133
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved