Biratnagar, Morang, Nepal
खेलकुद

नेपाली खेलाडीको खेलको जादु

भुटानमाथि नेपालको गोल वर्षा, फराकिलो अन्तरको जित

-
अखवारका कुरा
३ साउन २०८२, शनिवार

Advertisement


काठमाडौं, साउन ३ 

पूर्णिमा राई र मीना देउवाको ह्याट्रिकसँगै नेपालले साफ यू–२० महिला च्याम्पियनसिपमा भुटानलाई ८–० ले हराउँदै इतिहासकै फराकिलो जित निकालेको छ।

बंगलादेशमा जारी प्रतियोगिताको पाँचौं खेलमा नेपालले पहिलो हाफमै ६–० को अग्रता बनाएको थियो। खेलको पहिलो मिनेटमै मीनाले खाता खोलेकी थिइन्। त्यसपछि समिक्षाको प्रहारबाट आएको आत्मघाती गोलले अग्रता दोब्बर भयो। मीनाले १२औं मिनेटमा दोस्रो गोल गरिन् भने २३औं मिनेटमा पूर्णिमाले ट्याप–इन गोल गरिन्।

इन्जुरी समयमा पूर्णिमाले दुई गोल थप्दै ह्याट्रिक पूरा गरिन्। दोस्रो हाफमा कुसुम खतिवाडा र मीनाले थप गोल गर्दा स्कोरलाइन ८–० पुग्यो।

डबल राउन्ड रोबिन लिगमा नेपालले भुटानलाई पहिलो भेटमा ६–१ ले हराएको थियो। श्रीलंकामाथि लगातार ७–० का जित निकालेको नेपालले बंगलादेशसँग भने पराजय भोगेको छ।

नेपालको पाँच खेलबाट १२ अंक भएको छ। सोमबार बंगलादेशसँगको अन्तिम खेलमा नतिजाले च्याम्पियनको टुंगो लगाउनेछ।

View : 176

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved