बाह्रदशी जेसीज शाखा अधिबेशन
बाह्रदशी जेसीजको भर्खरै सम्पन्न भएको शाखा अधिबेशनबाट बर्ष २०२५ को लागि नयाँ निर्वाचित कार्यसमितिको चयन भएको छ ।
जसको अध्यक्षमा तिर्थ प्रसाद काफ्ले निर्वाचित भए भने
कार्यकारीणी उपाध्यक्षमा राजु अधिकारी र विश्वास गौतम, उपाध्यक्षमा गोपाल उप्रेती , गोकुल घिमिरे , विक्रम कट्टेल र तुलसी खरेल निर्वाचित भए ।
बाह्रदशी जेसीजलाई थप उचाईमा पुर्याउने गरि आफुले कार्य गर्ने र नेतृत्व तथा ब्यक्तित्व बिकास गर्ने सस्था भएका कारण आफ्नो कार्यकालमा सो कार्यलाई अघि बढाउदै सबैको मन मुटुमा बस्न सफल जेसीज बनाउने तर्फ आफ्नो ध्यान केन्द्रीत भएको अध्यक्षमा निर्वाचित तिर्थ काफ्लेले बताए ।
साथै निर्वाचन प्रक्रियालाई सहज बनाइ सर्वसहमतीको बाताबरण बनाउन सहयोग गर्ने सबैमा उनले धन्यवाद ब्यक्त गरे ।
एक ब्यक्ति , एक पद र एक कार्यकाल रह्ने जेसीजमा जनवरि १ देखि नयाँ कार्याकाल सुरु हुने भएकाले देशभर जेसीजका १७८ शाखामा नै नयाँ निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व आउने क्रम चलिरहेको छ ।
View : 445
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved