विराटनगर : विपद प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि विराटनगरको सेन्ट जोसेफ स्कुलले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको छ।
विपदका कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम राहत कोषमा प्रदान गरेको हो। विद्यालयले विपदको कठिन अवस्थामा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
विद्यालयका अनुसार विपदको समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व हो। राहत तथा पुनर्स्थापनाका लागि उपलब्ध हुने सहयोगले प्रभावित परिवारलाई आवश्यक सहायता पुर्याउन योगदान पुग्ने विद्यालयको विश्वास छ।
शिक्षण–सिकाइसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई प्राथमिकता दिँदै आएको सेन्ट जोसेफ स्कुलले विपद का बेला समुदायसँग सहकार्यको सन्देश दिएको जनाएको छ।
View : 24
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved