Biratnagar, Morang, Nepal
+977-9708590006
स्वास्थ

जन स्वास्थ्य सप्ताह कोशी प्रदेशबाट सुरु

-
अखवारका कुरा
१५ मंसिर २०८१, शनिवार

Advertisement

जनस्वास्थ्य संघ कोशी प्रदेशले  मंसिर २३ गते जनस्वास्थ्य दिबस मनाउने  अबसरमा बृहत् छलफल कार्यक्रम  कोशी  प्रदेशका  स्वास्थ्य मन्त्री भुपेन्द्र राईको  प्रमुख  आतिथ्यमा सम्पन्न गरेको छ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थमन्त्री राईले  कोशी  प्रदेशको स्वास्थ मन्त्रालयको कार्यभार सम्हाल्दै गर्दा आफुले स्वास्थ मन्त्रालय नै बिरामी परेको महसुस गरेको र  स्वास्थ मन्त्रालयमा आमूल परिवर्तन ल्याउदै करार भन्दा स्थायी दरबन्दी पदपूर्तिका लागि आफ्नो ध्यान केन्द्रित गर्ने बताउदै स्वास्थ मन्त्रालयमा अब सबै पक्षको साथ र सहयोगको  आवश्यकता रहेको औल्याउनु भयो ।
साथै एक आर्थिक बर्षमा बिनियोजन गरेको बजेट अर्को आर्थिक बर्षमा खर्च गर्नुपर्ने परिपाटी लाई अन्त्य गर्नुपर्ने बताउदै चाडै नै स्वास्थ निति प्रदेश सरकारले लागू गर्ने दिशामा अघि बढेको जानकारी दिनुभयो । 

त्यस्तै कोशी प्रदेशसभा अंतरगत रहेको सामाजिक समितिका सभापति गयानन्द मण्डलले प्रदेश स्वस्थ रहे प्रदेशबासी स्वस्थ रहने हुदां निति निर्माण तह देखि कार्यन्वयन तह सम्म आफ्नो सहयोग रहने र सबै मिलि कोशी प्रदेशको स्वास्थ अवस्थालाई सुधार्न लाग्नुपर्नेमा जोड दिनु भयो । 

 जनस्वास्थकर्मीहरुको छाता सङ्गठन  जनस्वास्थ्य संघमा जनस्वास्थ्य बिषयमा स्नातक र स्नातकोत्तर पास गरेका बौद्धिक ब्यक्तिहरुको समुह रहेकाले यसको  हक हितको लागि सम्पुर्ण जनस्वास्थ्य कर्मी एक हुँदै आन्दोलन गर्नु परेको खण्डमा तयारी रहनु पर्ने केन्द्रीय महासचिब कैलाश खाकी श्रेष्ठले अवगत गराउनु भयो । 

नेफा केन्द्रीय अध्यक्ष कृष्णमान शाक्यले  जनस्वाथ्यको हक हितको लागि केन्द्र तथा  प्रदेश सरकार र स्थानीय तहले जिम्मेबार महसुस गरि  जनास्वाथ्य क्षेत्रमा  बजेट बढाउदै रोजगारीको अबसर बढाउनु पर्नेमा जोड दिनु भयो । 


 उक्त कार्यक्रममा कोशी प्रदेशका सचिब रमेश बाराकोटीले  कार्य पत्र प्रस्तुत गर्नुभएको थियो ।


 कोशी प्रदेश आपूर्ति महाशाखा प्रमुख ज्ञान बहादुर बस्नेतले प्रदेश  स्वास्थ ऐन  बनाउदा जनस्वास्थ्य कर्मी संग छ्लफल गरि सबैको हितमा हुने गरि आउनु पर्नेमा जोड दिनुभयो । 


चिकित्सक संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र चौधरीले  उपचरात्म्क र प्रबर्द्धन सेवामा जोड दिए स्वास्थको समस्या  कम हुँदै जाने बताउनुभयो । 


नेपाल फार्मास्युटिकल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष शम्भु साहले उचित औषधि प्रयोगमा जनस्वास्थ्यको भुमिका अपरिहार्य रहेको बताउनु भयो । 


जनस्वास्थ्य स्वास्थ्यको मेरुदण्ड भएकाले  रोग लाग्नु भन्दा लाग्न नदिने उपायको लागि  जनता सचेत रहनु पर्ने ,  रोग रोकथाम तथा उपचरात्मक सेवा एकै सिक्काका दुई पाटा भएकोले जनस्वास्थ्यका क्षेत्रपनि सगै लैजानुपर्ने  बक्ताहरुको भनाइ रहेको  जनस्वास्थ्य सङ्घ  कोशी प्रदेशका उपाध्यक्ष सुर्य नारायण चौधरीले जानकारी   दिनुभयो ।

जन स्वास्थ संघ कोशी प्रदेशका अध्यक्ष  ब्रजेश मेहताको अध्यक्षतामा सम्पन्न  उक्त कार्यक्रममा अध्यक्ष मन्तव्य राख्दै मेहेताले   केन्द्रिय जनस्वास्थ्य संघले स्थापना भएको दिनलाई जनस्वास्थ्य दिबस मनाउने केन्द्रको निर्णय स्वागत योग्य भएको बताउनु भयो । 

View : 305

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved