महाशाखाका अनुसार आज बारा, पर्सा, रौतहट र सर्लाहीमा साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ । चितवन, नवलपरासी पूर्व तथा पश्चिम, लमजुङ र कास्कीमा भने खोलामा पानी उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ ।
पश्चिमका हुम्ला, मुगु, जुम्ला तथा रुकुम पूर्वलगायतका हिमाली क्षेत्रमा भने बाढीको जोखिम न्यून रहेको महाशाखाले जनाएको छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, जाजरकोट र रुकुमलगायतका क्षेत्रमा मध्यम जोखिम देखिएको छ ।
यादवले प्रणाली पूर्वबाट पश्चिमतर्फ सर्दै गएकाले पश्चिमका केही क्षेत्रमा पनि आज दिनभरि पानी बढेपछि बेलुकासम्म क्रमशः घट्दै जाने अवस्था रहेको बताए ।
उनले भने, ‘पश्चिम वा लुम्बिनी प्रदेशका जिल्लाहरु अनि त्यसपछि सुदूरपश्चिम प्रदेशका जिल्लाहरु जाजरकोट, रुकुम अनि तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङहरु लगायतमा मध्यम खालको जोखिम देखिन्छ । बिस्तारै पानीहरु घट्दै जाने देखिन्छ ।’
महाशाखाले भोलिका लागि तयार पारेको पूर्वानुमान नक्साअनुसार देशका अधिकांश क्षेत्रमा बाढीको जोखिम न्यून रहनेछ । प्रणाली पूर्वबाट पश्चिमतर्फ सर्दै बाहिरिने क्रममा रहेकाले भोलिबाट अधिकांश क्षेत्रमा बाढीको जोखिम नरहने अनुमान गरिएको छ । तर दार्चुला, बैतडी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा मध्यम जोखिम रहने महाशाखाले जनाएको छ ।
हालको अवस्थाबारे जानकारी दिँदै यादवले नारायणी नदी तथा त्यसका सहायक नदीमा पानीको सतह चेतावनी तह पार गरिसकेको बताएका छन् । त्यस क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।
View : 2
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved