विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा नरेश कुमार साह झिनो मतान्तरले निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा साहले ४५ मत प्राप्त गर्दै एक मतको अन्तरले विजय हासिल गरेका हुन्।
साहका निकटतम प्रतिद्वन्द्वी नविन लामिछानेले ४४ मत प्राप्त गरे। अन्य उम्मेदवारमध्ये भुपेन्द्र बाह्रकोटीले २९ तथा डा. निरज मिश्रले १५ मत प्राप्त गरेका छन्।
उपसभापतिमा दृष्टि वस्ती ५३ मतसहित विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी जीवन थापाले ४६ र शंकर प्रसादले ३४ मत प्राप्त गरे।
महासचिवमा डा. प्रशन्न दाहाल ८६ मत ल्याएर निर्वाचित भए। उनका प्रतिद्वन्द्वी दुर्गा प्रसाद बाँस्कोटाले ४७ मत प्राप्त गरेका थिए। सचिवमा पुकार चौधरी ७३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी दिक्षा पौडेलले ६० मत प्राप्त गरिन्।
कोषाध्यक्षमा प्रमिला सिन्हा निर्वाचित भइन्। उनले ६९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी अविनाश कुमार मण्डलले ६३ मत प्राप्त गरेका थिए।
संघका आठ जना केन्द्रीय सदस्य यसअघि नै निर्वाचित भइसकेका छन्। खुला सदस्यमा रोहित शर्मा र भोला नाथ लुइँटेल निर्विरोध निर्वाचित भए। महिला सदस्यमा अस्मिता श्रेष्ठ निर्विरोध भइन्।
त्यसैगरी, इञ्जिनियरिङ क्याम्पसबाट जगरनाथ साह, कृषि तथा वन विज्ञान क्याम्पसबाट मदन बहादुर थापा, विज्ञान तथा प्रविधि क्याम्पसबाट राकेश ठाकुर, मेडिकल क्याम्पसबाट सुशिल रेग्मी, शिक्षण अस्पतालबाट राकेश कुमार अधिकारी, व्यवस्थापन क्याम्पसबाट प्रदीप के.सी. तथा जनता आदर्श बहुमुखी क्याम्पसबाट मनोज कुमार मेहता निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित कार्यसमितिले विश्वविद्यालयका प्राध्यापकहरूको हकहित, शैक्षिक गुणस्तर र संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
View : 95
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved