मुगु । हिमाली जिल्ला डोल्पामा लेक लागेर जुम्लाकी एक यूवतीको मृत्यु भएको छ । लेक लागेर जुम्ला गुठिचौर गाउपालिका वडा नं. १ मणीगाउँ कि बर्ष १७ कि मन्जली रोकायाको मृत्यु भएको हो ।
शे फोक्सुण्डो गाउँपालिकाको भिजेर गाउँमा कामको खोजिमा जाँदै गर्दा काङ्लापास आसपास लेक लागेर फोक्सुण्डो स्वास्थ्य चौकीमा उपचारका लागि लिँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
स्वास्थ्य चौकीमा अक्सिजन र सीपीआर समेत गरिएको थियो । स्वास्थ्य चौकीका अनुसार रोकायलाई टाउको दुख्ने, वाकवाकी लाग्ने र सास फेर्न गाह्रो हुने बान्ता हुने बेहोस हुने जस्ता लेक लाग्ने उच्च उचाइका लक्षणहरू देखिएका थिए ।
फोक्सुण्डो क्षेत्र समुद्री सतहबाट करिब ३६ सय मिटरभन्दा बढीको उचाइमा रहेको छ । हिउँद सकिएसंगै यार्चा टिप्न पाटन जाने साथै पर्यटकीय चहलपहल र स्थानीयको आवतजावत बढ्न थालेसँगै यस क्षेत्रमा लेक लाग्ने समस्या देखिन थालेको हो ।
उच्च हिमाली क्षेत्रको यात्रा गर्दा प्रशस्त पानी पिउन, बिस्तारै उचाइ तय गर्न र लेक लाग्ने प्रारम्भिक लक्षण देखिनासाथ हेलचेक्र्याइँ नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्थानीय र पर्यटकहरूलाई आग्रह गरेको छ ।
View : 6
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved