निर्देशित गरेनन् ।
नेपालको राजनीतिक विकासक्रमलाई मिहीन ढङ्गले विश्लेषण गरिएका खण्डमा उनको समयमा नेपालको राजनीति एउटा खास भूगोल र क्षेत्रमै सीमित रहेको पाउन सकिन्छ । उनले यस अवस्थामा परिवर्तन खोजे । समाजको यथार्थलाई राम्ररी बुझेका उनले बहुलवादमा आधारित समाजवादको नीति तय गरेका थिए । उनले सोहीअनुसारको नीति, योजना र कार्यक्रमहरु ल्याउने प्रयत्न गरेबाट पनि यो तथ्यको पुष्टि हुन्छ । यसको एउटा मुख्य उदाहरण भूमिसुधारलाई मान्न सकिन्छ । अहिले देशमा भूमि व्यवस्थासम्बन्धी जे जति काम हुन सकेका छन्, उनकै नीतिमा आधारित छन् ।
राजनीतिक दृिष्टकोण र बदलिदो विश्व राजनीतिका कारण राष्ट्रनिर्माणका लागि राष्ट्रिय एकताको आवश्यकता जहिले पनि पर्दछ । लोकतन्त्रलाई सञ्चालन गराउने केही आवश्यकीय संरचनाहरुको कल्पना उनले पहिले नै गरेका थिए । जस्तै, प्रेस स्वतन्त्र नभएसम्म लोकतन्त्र बलियो हुन सक्दैन भन्ने उनको प्रष्ट बुझाइ थियो । प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका विपिले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेका दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ ।
आज नेपालमा हिजोका भन्दा फरक राजनीतिक अवस्था छ । राजनीतिमा नयाँ पात्र र विचारको उदय भएको छ । भूराजनीतिक अवस्था संवेदनशील छ । यस्तो अवस्थामा सायद नेपालको राजनीति र समग्र अवस्था हिजोको भन्दा जटिल छ । यस्तोमा वीपीले अख्तियार गरेको नीतिको सान्दर्भिकता अझ बढेर गएको कुरामा दुई मत हुन सक्दैन ।
View : 45
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved