लायन्समा नयाँ नेतृत्व
विराटनगर : लायन्स क्लब अफ विराटनगर रेन्बोको वार्षिक अधिवेशनले लायन्स वर्ष २०२६/२७ का लागि आकृति रानी फुयललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ।
युवा सामाजिक अभियन्ता, सञ्चारकर्मी, नेतृत्व विकास प्रशिक्षक तथा मानवअधिकार रक्षकका रूपमा परिचित फुयलले पदभारसँगै लायन्स क्लब इन्टरनेसनलले निर्धारण गरेका दृष्टि संरक्षण, मधुमेह नियन्त्रण, वातावरण संरक्षण, भोकमरी न्यूनीकरण, बाल क्यान्सर सचेतना र युवा सशक्तीकरणलाई प्राथमिकतामा राखेर समुदायमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएकी छन्।
उनले शिक्षा, स्वास्थ्य, रक्तदान, महिला तथा युवा नेतृत्व विकास, समावेशी समाज निर्माण, समान अवसरको सुनिश्चितता र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने बताइन्।
फुयल विगत १२ वर्षदेखि कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समान अवसर र समावेशी विकासका पक्षमा सक्रिय रहँदै आएकी छन्। समुदायमा आधारित पुनर्स्थापना केन्द्र (सीबीआर) विराटनगरमार्फत उनले अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण, नेतृत्व विकास, क्षमता अभिवृद्धि र अधिकारमुखी अभियानमा योगदान दिँदै आएकी छन्।
सामर्थ्य समाजमार्फत समुदाय सशक्तीकरण र युवा नेतृत्व विकासमा सक्रिय फुयल विगत एक दशकदेखि लियो आन्दोलनसँग आबद्ध छिन्। उनले विभिन्न नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्नुका साथै विराटनगर जेसीजमार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदाय लक्षित सेवामूलक अभियानमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।
क्लबका सदस्यहरूले फुयलको नेतृत्वमा सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज र समुदायसँग सहकार्य गर्दै मानव सेवा, सामाजिक न्याय, समावेशिता, नेतृत्व विकास र दिगो विकासका कार्यक्रम थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
नवनिर्वाचित अध्यक्ष फुयल तथा नवगठित कार्यसमितिलाई विभिन्न सामाजिक संघसंस्था, लायन्स तथा लियो क्लबका पदाधिकारी, जेसीजकर्मी र शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
View : 77
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved