विराटनगर । काफ्ले बन्धु सेवा समाज मोरङको अध्यक्षमा विराटनगर ४ का नवराज काफ्ले चयन भएका छन्।
समाजको शनिवार मोरङको पथरीमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनबाट विराटनगर ४ का नवराज काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा टिकाराम काफ्ले र साबित्रा काफ्ले, सचिवमा दलबहादुर काफ्ले, सहसचिवमा चुडामणि काफ्ले तथा कोषाध्यक्षमा नरेन्द्र काफ्ले चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा थर्कप्रसाद काफ्ले, अम्बर काफ्ले, नीलमणि काफ्ले, टेकबहादुर काफ्ले र झमकबहादुर काफ्ले रहेका छन्।।
समाजको भेलामा काफ्ले बन्धु सेवा समाजका केन्द्रीय उपाध्यक्ष दुर्गा काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी भएकि थिइन ।
कार्यक्रममा वक्ताहरूले काफ्ले समुदायबीच एकता, सद्भाव र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउन समाजले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित अध्यक्ष नवराज काफ्लेले समुदायको हित, सामाजिक सेवा तथा आपसी सहकार्यलाई प्राथमिकतामा राखेर समाजलाई सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
नवगठित कार्यसमितिले आगामी दिनमा विभिन्न सामाजिक, सांस्कृतिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
View : 30
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved