काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक भोली (बुधबार) पनि बस्ने भएको छ ।
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु भएको हो ।
धुम्बाराहीको होटल स्मार्टमा बसेको बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको मत परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल भईरहेको छ ।
कांग्रेसका नेता मान बहादुर नेपालीका अनुसार बैठकमा करिब ८३ जना केन्द्रीय नेताहरुको सहभागिता छ ।
उनले भने, ‘केन्द्रीय सदस्य ज्यूहरु करिब ८३ जनाको उपस्थितीमा बस्यो र भोली पजि बैठक निरन्तर जारी रहनेछ । बैठकमा १५ जना केन्द्रीय सदस्य साथिहरुले आफ्नो धारणा राख्नुभयो । विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिको वैधानिकता दिएको विषयलाई निर्वाचनपछि सर्वोच्च अदालतले फैसला नगरेसम्म पार्टीको आन्तरिक विषयलाई हामीले स्थगन राखेका थियौ ।’
उनले पार्टीभित्र वार्ता, संवाद तथा सहमतीको कुनै प्रयासहरु नभएको बताए ।
बैठकमा नेता डा.शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइरालालगायत नेताहरु सहभागी थिए ।
View : 40
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved