Biratnagar, Morang, Nepal
खेलकुद

आठौँ नेपाल राइडर मिट आयोजना हुँदै

-
अखवारका कुरा
२६ माघ २०८२, सोमवार

Advertisement

काठमाडौं । नेपालमा पर्यटन प्रवर्दधन गर्ने उद्देश्यले आठौँ नेपाल राइडर मिट आयोजना हुने भएको छ । सोमबार पत्रकार सम्मेलनगरी फोर नेपाल र द हिमालयन मोटरसाइकल एक्सपिरियन्सको आयोजनामा आगामी फागुन २ गतेदेखि ४ गतेसम्म नेपाल राइडर मिट आयोजना गर्न लागेको जानकारी दिएको हो ।

नेपाललाई साहसिक र सुरक्षित मोटरसाइकल यात्राको गन्तव्यको लागि विश्वभरी चिनाउने उद्देश्य आफुहरुको रहेको आयोजकले जनाएको छ ।
ललितपुरको गोदावारी २ चापखर्कमा आयोजना हुने राइडर मिटमा ५०० भन्दा बढी रोयल इन्फिल्ड राइडरहरु सहभागि हुने छन् । नेपालसहित भुटान, भारत लगायत विभिन्न देशबाट राइडरहरु सहभागि हुनेछन ।

आयोजकका अनुसार यसलाइ भव्य आयोजना गर्नका लागि अहिले तयारी तिब्र पारिएको छ । कार्यक्रममा स्थानीय कला संस्कृति झल्कने नाचहरु, स्थानीय उत्पादन र परिकार प्रवर्धनहरू, काठमाडौँ उपत्यका लगायतका पर्यटकीय स्थलको जानकारीहरु दिइनेछ साथै सहभागीहरुको लागि मोटरसाइकल सम्बन्धी खेलहरु पनि खेलाइनेछ । आयोजनाका लागि विभिन्न समिति बनाएर कामहरु भइरहेको छ । यसको आयोजनाले पर्यटकीय प्रवर्धनमा महत्वपूर्ण योगदान हुने आयोजकको विश्वास रहेको छ । विदेशी अतिथिहरुको लागि आतिथ्यताको व्यबस्थापनको लागि नेपाल पर्यटन बोर्डको सह आयोजनामा यो कार्यक्रम आयोजना हुन लागेको हो ।
कार्यक्रममा खेलाईने खेलहरुः
टग अफ वार
स्किल टाइम ट्रेल ३५०
स्किल टाइम ट्रेल ४११
ढिलो दौड
कम्बो ब्याकवर्ड पुल
बियर चुग

View : 59

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved