काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले संचार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वका लागि पत्रकार जगदीश खरेलको नाम सिफारिस गरेकी छिन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री कार्कीले खरेलको नाम राष्ट्रपति समक्ष पेश गरेकी हुन्।
खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। हाल उनी इमेज टेलिभिजनका समाचार प्रमुखका रूपमा कार्यरत छन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका खरेल अहिले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी गर्दैछन्।
सञ्चार क्षेत्रका प्रतिनिधिहरूले खरेलको अनुभव र पेशागत क्षमता प्रशंसा गर्दै, मन्त्रालयमा नेतृत्व फेरबदलले नयाँ ऊर्जा र पारदर्शिता ल्याउने अपेक्षा व्यक्त गरेका छन्।
View : 53
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved