Biratnagar, Morang, Nepal
शिक्षा

विराटनगरको एभरेष्ट स्कुलमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता सुरु

-
अखवारका कुरा
१३ भदौ २०८३, शनिवार

Advertisement

विराटनगर । राष्ट्रिय पौडी प्रतियोगिताको तयारीका लागि विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले इन्ट्रा स्कुल पौडी प्रतियोगिताको आयोजना गरेको छ । 

शनिबार सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट भएका विभिन्न स्पर्धाका विद्यार्थीलाई आगामी राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि तयार गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन् । उनका अनुसार प्रतियोगिताको पहिलो दिन १५ मिटर देखि १५०० मिटरसम्मका विभिन्न स्पर्धाहरु भएका सम्पन्न भएका छन् । 

विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले रिवन काटेर उद्घाटन गरेको प्रतियोगितामा विद्यालयका करिब २ सय विद्यार्थीले सहभागिता जनाएका छन् । 

इन्चार्ज डंगोलका अनुसार १५०० मिटरको खुला फ्रिस्टाईलमा कक्षा ७ का पुरब तिम्सिना प्रथम हुँदा कक्षा १० का सुज्ञान कोइराला दित्तिय र कक्षा ७ का आरध्य पाण्डे तृतिय भए । ८०० मिटर खुलामा कक्षा ६ का श्रीयंश थापा प्रथम, प्रनव भट्टराई दित्तिय र आरभकुमार चौधरी तृतिय भए त्यस्तै ४०० मिटर फ्रीस्टाईल छात्रतर्फ पुरव तिम्सिना प्रथम, आरध्ये पाण्डे दित्तिय र पर्णव भट्टराई तृतिय भए भने २०० मिटर फ्रीस्टाइलमा कक्षा १० का धावा तामाङ प्रथम, कक्षा ७ का पुरव तिम्सिना दित्तिय र कक्षा १० का सुज्ञान कोइराला तृतिय भए । 


त्यसैगरि १०० मिटर आईएम छात्र तर्फ कक्षा ७ का पुरव तिम्सिना प्रथम, कक्षा १० का सुज्ञान कोइराला दित्तिय र कक्षा १० का धावा तामाङ तृतिय भए भने १०० मिटर फ्रीस्टाईल छात्र तर्फ कक्षा १० का हर्षित प्रताप सिंह प्रथम, कक्षा ९ का स्वयम् थापा दित्तिय र कक्षा ९ कै रेहान अन्सारी तृतिय भए । १०० मिटर फ्रीस्टाईल छात्रामा कक्षा ८ का क्रमश आश्ना कटुवाल प्रथम, रश्मी गौतम दित्तिय र आरध्या पोखरेल तृतिय भए भने १०० मिटर ब्रेस्टस्ट्रोक छात्र तर्फ कक्षा ७ का पुरव तिम्सिना प्रथम, कक्षा १० का सुज्ञान कोइराला दित्तिय र कक्षा ७ का आरध्य पाण्डे तृतिय भए । ५० मिटर फ्रीस्टाईल छात्रतर्फ कक्षा ४ का युभान श्रेष्ठ प्रथम, कक्षा ४ का अरिजित कर्ण दित्तिय र कक्षा ४ का सन्दर्भ अर्याल तृतिय भए । ५० मिटर फ्रिस्टाईलमा छात्र तर्फ कक्षा १० का धावा तामाङ प्रथम, सुज्ञान कोइराला दित्तिय र हर्षित प्रताप सिंह तृतिय भए । 

त्यस्तै ५० मिटर बटरफ्लाई छात्र तर्फ आरध्य पाण्डे (१०)प्रथम, हर्षित प्रताप सिंह (१०) दित्तिय र श्रीयंश थापा (६) तृतिय भए। ५० मिटर कै ब्रेस्टस्ट्रोकमा कक्षा १० का रुद्र शर्मा प्रथम, कक्षा ६ का श्रीयंश थापा दित्तिय र कक्षा ६ कै प्रणव भट्टराई तृतिय भए । ५० मिटर फ्रीस्टाईल छात्रा तर्फ कक्षा ८ की आश्ना कटुवाल प्रथम, कक्षा ८ कै रश्मी गौतम दित्तिय र कक्षा ७ की काब्या कार्की तृतिय भए । ५० मिटर ब्याकस्ट्रोकमा छात्रतर्फ कक्षा ९ का रेहान अन्सारी प्रथम, कक्षा १० का धावा तामाङ दित्तिय र कक्षा १० कै रुद्र शर्मा तृतिय भए। १५ मिटर फ्रीस्टाईल गल्र्समा कक्षा ३ की इबिज्ञ प्रधान प्रथम, मोक्षा पोखरेल दित्तिय र कक्षा २ की कास्भी मिश्र तृतिय भए । १५ मिटर छात्रतर्फ सभ्य थापा कक्षा ३ प्रथम र कक्षा ३ कै मुदित सोमानी दित्तिय र कक्षा २ का आयंश शर्मा तृतिय भए । २५ मिटर फ्रीस्टाईल छात्र तर्फ कक्षा ४ का अरिजित कर्ण प्रथम, कक्षा ५ का प्रियन्जन राय दित्तिय र कक्षा ४ का युभान श्रेष्ठ तृतिय भए । 

त्यसैगरि १५ मिटर फ्रीस्टाईल छात्रमा कक्षा ५ का दिब्यांश यादव, अक्षत कठेत र निर्भिक बाबु कालिकोटे क्रमश प्रथम, दित्तिय र तृतिय भए। १५ मिटर फ्रीस्टाइल छात्रा तर्फ कक्षा ५ की पल्पशा साह प्रथम, कक्षा ४ की नेन्सी चौधरी दित्तिय र कक्षा ५ की अर्जिता पराजुली तृतिय भए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले एभरेष्टलगायतका विद्यालयहरुकै कारण विराटनगर शैक्षिक हब बन्न सफल भएको बताइए । उनले विराटनगर कोशी प्रदेशका मात्र नभई अन्य प्रदेशका विद्यार्थीको समेत शैक्षिक गन्तव्य रहेको चर्चा गर्दै विश्वस्तरीय उच्च शिक्षा पनि यहिँबाट प्रदान गर्नुपर्नेमा जोड दिए । अब पढ्नकै लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गरेर दक्ष जनशक्तिको रुपमा विदेश जाने संस्कारको विकास गर्नुपर्नेमा उहाँले जोड दिए । विगतमा अतिरिक्त कृयाकलापसहितको शिक्षा लिन दार्जिलिङ– सिक्किम पुग्नुपर्ने अवस्थालाई स्मरण गर्दै उनले अहिले भने विद्यार्थीको सर्वाङ्गिण विकास सहितको शिक्षाको लागि एभरेष्ट लगायतका विद्यालयहरुले महत्वपूर्ण भूमिका खेलेको बताए। मेयर कोइरालाले एभरेष्टले विद्यार्थीका रुचि अनुसारको क्षमता विकासको निम्ति वातावरण बनाएकोमा प्रशंसा गर्दै विद्यार्थीहरुलाई शैक्षिक ज्ञानसँगै खेलकुदलाई समेत प्राथमिकतामा राख्न आग्रह गरे । विराटनगरकै क्रिकेट खेलाडी ललित राजवंशीको उदाहरण दिँदै निरन्तर मेहनत गर्दा विश्वलाई जित्न सकिने बताए । उनले भने, ‘खेलकुद यस्तो माध्यम हो, जस्ले शक्तिशाली राष्ट्रहरुलाई पराजित गर्न सकिन्छ ।’ 

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अहिलेको विज्ञान र प्रविधिले साँघुरिएको विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति तयार गर्न एभरेष्ट तल्लिन रहेको बताए । पढेर र लेखेर मात्र नहुने भन्दै उहाँले एभरेष्टका विद्यार्थीहरु हरेक क्षेत्रमा निपुण हुनुपर्छ भन्ने मान्यता विद्यालयले राखेको बताए। विद्यार्थीहरुको सर्वाङ्गिण विकासका निम्ति अतिरिक्त कृयाकलाप पनि अपरिहार्य रहेको भन्दै उनले विद्यालयमा दक्ष प्रशिक्षकहरुबाट विभिन्न १३ वटा अतिरिक्त कृयाकलापका नियमित अभ्यास हुँदै आएको जानकारी दिए। उनले भने,‘ ति मध्ये एउटा पौडी पनि हो । हाम्रा विद्यार्थीले पौडीकै राष्ट्रिय प्रतियोगितामा समेत भाग लिएर स्वर्ण पदक जितेर ल्याउँदा हामीलाई गर्व लाग्छ ।’ खेलकुदले अनुशासन, सामुहिक भावनाको विकास, स्वस्थ्य जीवन समेत प्रदान गर्ने भन्दै उनले विपदमा आफू बाँचेर अरुलाई बचाउने सीप पनि पौडिले दिने चर्चा गरे ।

View : 27

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved