रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट ४ मा ३,०६९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ । रास्वपाका उम्मेदवार गणेश पौडेल १९०८ मतका साथ आफ्ना प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका छन् ।
गणेश पौडेल (रास्वपा) १९०८ मत अग्रता, देवप्रसाद तिमल्सिना (नेपाली कांग्रेस) ५३६ मत, रामकुमार भट्टराई (नेकपा) ३७८ मत, रामजी साह (नेकपा एमाले) ६० मत, राजकुमार दास तत्मा (जसपा) १२ मत, राम कल्याण राउत (जनमत पार्टी) ९ मत,ऋषि राज धमला (आम जनता पार्टी) ६ मत प्राप्त गरेका छन् ।
पछिल्लो नतिजा अनुसार रास्वपाका पौडेलले नेपाली कांग्रेसका उम्मेदवारलाई १३७२ मतान्तरले पछाडि पारेका छन् । यस क्षेत्रमा मतगणना जारी रहेको छ ।
View : 8
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved