विराटनगर - विश्वकर्मा पूजाको अवसर पारेर विराटनगरस्थित मुनालपथमा रहेको तिरुपती अटो प्यालेसले महावीर चौकमा साताव्यापी ‘बेस्ट एक्सचेन्ज’ मेला आयोजना गर्ने भएको छ।
आगामी असोज १ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकले जुनसुकै ब्रान्डका पुराना दुईपांग्रे सवारीसाधनसँग यामाहाका नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन्।
चाडपर्वको अवसरमा नयाँ सवारी खरिदलाई थप सहज बनाउन आयोजकले कागजी झन्झटमुक्त फाइनान्स सुविधा उपलब्ध गराएको छ। जसअन्तर्गत ग्राहकले नागरिकताको प्रतिलिपि पेस गरेकै आधारमा सरल र द्रुत प्रक्रियाबाटै नयाँ सवारीसाधन घर लैजान सक्नेछन्।
मेलामा पुराना सवारीको उच्च मूल्यांकन (हाई भ्यालु एडिसन), आकर्षक नगद छुट (क्यास डिस्काउन्ट) र तत्कालै एक्सचेन्ज सुविधा (स्पट एक्सचेन्ज) उपलब्ध हुने अटो प्यालेसले जनाएको छ। साथै, नयाँ सवारी खरिद तथा एक्सचेन्ज गर्ने प्रत्येक ग्राहकलाई एक थान हेलमेट नि:शुल्क प्रदान गरिनेछ।
विश्वकर्मा पूजाको विशेष अवसरमा महावीर चौकमा आयोजना हुने यस मेलासम्बन्धी थप जानकारीका लागि ९८०२७६९४२२ र ९८०२७६०९२२ मा सम्पर्क गर्न सकिनेछ।
View : 28
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved