ग्रामाथान : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन् ।
उनी ६ हजार ९ सय ६९ मतसहित गाउँपालिका अध्यक्ष निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत पाए । उनीहरूबीचको मतान्तर १ हजार ६ सय ३६ छ ।
निर्वाचनमा नेकपा (एमाले) तेस्रो भयो । एमालेका तुलसीराम विश्वास ४ हजार १ सय ५९ मतमा समेटिए ।
ग्रामथानमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारू विजयी भएका थिए । त्यतिबेला एमालेका शिवनारायण माझी थारु दोस्रो र माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।
गच्छदारको गत असार ३ गते निधन भएपछि रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार उपनिर्वाचनमा जनाधार कमजोर भएको भनिएको माओवादी उपनिर्वाचनमार्फत गाउँपालिकाको नेतृत्वमा पुगेको हो ।
माओवादी केन्द्र बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सांसद अमन लाल मोदि र प्रदेश सभा सद्स्य जीवन आचार्यको दिन रातको मेहेनत र उमेदवार प्रतिको व्यापक जनसमर्थनले जीत ल्याएको आम मतदाताको धारणा रहेको छ ।
सबै पार्टीले केन्द्रिय तहका नेता मैदानमा उतारे पनि नेकपा माओवादी केन्द्र काङ्ग्रेसको बिरासत भत्काउदै अध्यक्षमा बाजि मार्न सफल भएको छ ।
View : 100
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved