Biratnagar, Morang, Nepal
खेलकुद

नेसनल टेक च्यालेन्जर्सलाई ‘सेन्चुरी क्रिकसल बेटल रोयल’को उपाधि

-
अखवारका कुरा
२४ कार्तिक २०८३, सोमवार

Advertisement

विराटनगर : बिराटनगर किंग टाईगरलाई ४ विकेटले पराजित गर्दै नेसनल टेक च्यालेन्जर्सले ‘बिराट स्पोर्ट्स जोन प्रेजेन्ट्स सेन्चुरी क्रिकसल बेटल रोयल’को उपाधि जितेको छ ।

कुल १४ वटा टोलीको सहभागिता रहेको यस प्रतियोगिताको रोमानञ्चक फाइनल भिडन्तमा विजयी भएसँगै च्याम्पियन नेसनल टेक च्यालेन्जर्सले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । त्यसैगरी, फाइनलमा पराजित भई उपविजेता बनेको बिराटनगर किंग टाईगरले नगद २० हजार रुपैयाँ, ट्रफी र मेडलमा चित्त बुझाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेसनल टेक च्यालेन्जर्सका शाकिब हक उत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) घोषित भए । उनले प्रतियोगिता अवधिभर समग्रमा २९९ रन बनाउनुका साथै ३ विकेट लिएका थिए । सर्वाधिक २९९ रनको योगदान गरेका शाकिब नै प्रतियोगिताको ‘उत्कृष्ट ब्याट्सम्यान’ समेत चुनिए ।

बलिङतर्फ बिराटनगर किंग टाईगरका सुभाष राय उत्कृष्ट बलर घोषित भए । उनले प्रतियोगितामा कुल १० विकेट लिएका थिए । त्यस्तै, बिराट स्पोर्ट्सका १८ वर्षीय युवा खेलाडी सौरभ लिम्बु उदियमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । उनले प्रतियोगितामा ५ विकेट लिनुका साथै ३३ रन बनाएका थिए ।

View : 70

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved