Biratnagar, Morang, Nepal
देश

रथ यात्राको तयारी तिब्र

रथयात्रामा आकस्मिक स्वास्थ्य सेवा र निःशुल्क एम्बुलेन्स : १४ स्थानमा हेल्थ डेस्क सञ्चालन हुने

-
अखवारका कुरा
१६ साउन २०८२, शुक्रवार

Advertisement

विराटनगर, साउन १६

विराटनगरमा हुने ९४औं श्री राधाकृष्ण रथ यात्राका क्रममा श्रद्धालुको भीड, गर्मी तथा सम्भावित स्वास्थ्य आपतकालीन अवस्थालाई ध्यानमा राख्दै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूले आकस्मिक स्वास्थ्य सेवा र निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएका छन्।

स्वास्थ्य सेवा सहज र प्रभावकारी बनाउन रथयात्रा मार्गका विभिन्न १४ स्थानहरूमा मेडिकल अफिसरसहितको हेल्थ डेस्क स्थापना गरिनेछ। यी हेल्थ डेस्कमार्फत प्राथमिक उपचार, स्वास्थ्य परीक्षण तथा आकस्मिक अवस्थामा निःशुल्क उपचार सेवा दिइनेछ।

हेल्थ डेस्क सञ्चालन हुने स्थान र अस्पतालहरू यसप्रकार छन् :
📍 तीनपैनी – मोरङ सहकारी अस्पताल
📍 जैन भवन – सुरक्षा अस्पताल
📍 महानगरपालिका परिसर – कोशी अस्पताल / महानगर स्वास्थ्य शाखा
📍 हनुमान मन्दिर – गेटवेल, मकालु र ग्रीन क्रस अस्पताल
📍 ट्राफिक चौक – न्युरो अस्पताल
📍 सन्सारीमाइस्थान – जीवन विकास सामुदायिक अस्पताल
📍 इन्द्र हल – विराटनगर सिटी अस्पताल
📍 रोडशेष – सप्तकोशी अस्पताल
📍 एसलाल पेट्रोलपम्प – पारस अस्पताल
📍 महेन्द्र चौक – गोल्डेन अस्पताल
📍 शनिमन्दिर पेट्रोलपम्प – नोबेल मेडिकल कलेज
📍 पंजाबी पेट्रोलपम्प – विराट मेडिकल कलेज / नर्सिङ होम
📍 बरगाछी – लाइफगार्ड अस्पताल
📍 दुर्गा चौक – हाम्रो अस्पताल

रथयात्राका क्रममा आकस्मिक स्वास्थ्य अवस्था उत्पन्न भएमा अस्पतालहरूले इमर्जेन्सी सेवा समेत निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

यस व्यवस्थाबारे जानकारी दिँदै रथ यात्रा मूल समारोह समितिका सचिव कृष्ण कार्कीले भने, "मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको रहोबरमा, कोशी अस्पतालको समन्वयमा विराटनगरका अस्पतालका प्रतिनिधिहरूबीच भएको छलफलपछि यी स्थानहरू तय गरिएका हुन्।"

यस वर्षको रथयात्रालाई सुरक्षित, व्यवस्थित र स्वास्थ्यमैत्री बनाउन स्थानीय प्रशासन, अस्पतालहरू, स्वयंसेवी समूह र आयोजक समिति सक्रिय रुपमा जुटेको छ। श्रद्धालुहरूलाई स्वास्थ्य समस्या देखिएमा नजिकको हेल्थ डेस्क वा एम्बुलेन्स सेवा प्रयोग गर्न अनुरोध गरिएको छ।

View : 384

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved