मुगु । जुम्लादेखि कालिकोट हुँदै नेपालगन्ज बिरामी बोकेर गएको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
जुम्लादेखि नेपालगन्ज बिरामी बोकेर गएको हिमा गाउँपालिका जुम्लाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालिकोटको खाडाचक्र नगरपालिका-२ मेयरखोला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कालिकोटका डिएसपी हिम बहादुर खत्रीले बताए ।
उनका अनुसार मृत्यु हुनेमा हिमा-६ पात खोला बस्ने ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा-७ मर्चीगाउँ बस्ने एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही रहेका छन् ।
कालिकोट जिल्ला प्रहरीका अनुसार एम्बुलेन्स सडकदेखि २५ मिटर तल खसेको थियो । एम्बुलेन्सले हिमा-६ का ७१ वर्षीय बिरामी कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।
बिरामी बुबाको उपचारका लागि सँगै गएका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारीको मृत्यु भएको हो । घाइते हिमा-६ का कलबहादुरको खुट्टामा चोट लागेको छ । भने अर्का हिमा-७ मर्चीका २० वर्षीय लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
कालिकोट प्रहरी प्रमुख हिमबहादुर खत्रीले बाटोमा बाक्लो हुस्सु लागेका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको बताए । घाइते दुवै जनाको कालिकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ
View : 53
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved