Biratnagar, Morang, Nepal
सामाजिक सेवा

रथयात्रामा संकलित २ लाख ८२ हजार ४ सय १८ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा

-
अखवारका कुरा
२१ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर - श्री राधाकृष्ण रथयात्राका क्रममा संकलित २ लाख ८२ हजार ४ सय १८ रुपैयाँ बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिने भएको छ।

रथयात्रा व्यवस्थापन समितिले धार्मिक कार्यक्रमका क्रममा संकलित भेटी रकम विपद्मा परेका नागरिकको सहयोगमा उपयोग गर्ने निर्णय गरेको हो।

समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्रामा भक्तजनबाट संकलित रकम बाढीपीडितको राहतमा दिने निर्णय गरिएको बताए। ‘भक्तजनले आस्थापूर्वक दिएको रकम विपद्मा परेका नागरिकको सहयोगमा लगाउने निर्णय गरेका छौं,’ उनले भने।

समितिका कोषाध्यक्ष नरेश राठीका अनुसार रथयात्राका क्रममा कुल २ लाख ८२ हजार ४ सय १८ रुपैयाँ संकलन भएको हो। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिने उनले बताए।

राठीले संकलित रकमको विवरण पारदर्शी रूपमा राखिएको र निर्णयअनुसार सम्बन्धित कोषमा जम्मा गरिने जानकारी दिए।

रथयात्रा धार्मिक उत्सवका रूपमा आयोजना भए पनि त्यसबाट संकलित रकम बाढीपीडितको राहतमा उपलब्ध गराउने निर्णयले सामाजिक उत्तरदायित्वको सन्देश दिएको समितिको भनाइ छ।

View : 44

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved