कागेश्वरी मनोहरा वडा नम्बर ७ मा रहेको मनकामना स्पोर्ट्स क्लबले ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । आश्विन १८ गते देखि लिग चरण सगै सुरु भएको प्रतियोगिता २५ गते फाइनल सगै समापन भएको हो ।
सात टिम सहभागी प्रतियोगितामा प्रकाश पराजुलि र सन्तोष लम्सालको टिम प्रथम , रोहन पौडेल र भवानी थापाको टिम दोश्रो ,बिकास न्यौपाने र बाबुराम ढकालको टिम तेस्रो भएको थियो ।
कार्यक्रमलाई सम्पन्न गर्नका लागि थापा स्टोर , सुरज भट्टराई र दिपक लामाको सहयोग प्राप्त भएको थियो ।
मनकामना स्पोर्ट्स क्लबका अध्यक्ष कृष्ण खतिवडाको नेतृत्वमा सम्पन्न भएको कार्यक्रमको संयोजक देवि पराजुली र के पि लम्साल रहनु भएको थियो ।
क्लबका अध्यक्ष खतिवडाले सहयोग गर्नुहुने भट्टराई डेरि एन्ड कफि सप लगायत सहयोग गर्नुहुने सबैलाई विशेष धन्यवाद ज्ञापन गर्नु भयो ।
क्लबले विभिन्न समयमा विभिन्न खेल गतिविधि संचालन गर्दै आएको छ ।
View : 530
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved