Biratnagar, Morang, Nepal
मनोरंजन

‘द भ्वाइस किड्स’

‘द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा बेलबारीका प्रज्वल

-
अखवारका कुरा
४ साउन २०८२, आइतवार

Advertisement


विराटनगर ४ साउन । ‘द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा मोरङको बेलबारीका प्रज्वल पौडेल पुग्न सफल भएका छन् । 

पौडेल टिम सत्यबाट भोटिङ राउन्डमा पुगेका हुन । बेलबारी ४ का स्थायी बासीन्दा १३ बर्षीय  पौडेल ब्लाईन्ड, ब्याटल राउन्ड पार गर्दै भोटिङ राउन्डमा पुगेका हुन । ब्लाईन्ड अडिसनमा पौडेललाई कोचले उच्च प्रशंसा गर्दै  ‘फोर चियर टर्न’ गरेका थिए । भोटिङ राउन्डमा पुगेका उनका अनुशार कोचहरुबाट राम्रो प्रशंसा पाईरहेको छु । भोटिङ गरेर उपाधि दिलाउन उनले आग्रह गरेका छन् ।  ब्लाईन्ड अडिसनमा उनले ‘बाबुको जुँगो....’ बोलको गित गाएका थिए । युट्युवमा राखिएको उनको प्रस्तुतीलाई १ लाख ९८ हजार दर्शकले हेरेका छन् । 

पौडेललाई ‘द भ्वाइस किड्स’ सिजन ४ को उपाधि दिलाउन खल्ती बाई आईएमई एप डाउनलोड गरि सत्य टिममा रहेको प्रज्वलको फोटोमा गएर भोट बटनमा गएर क्लिक गर्नुपर्छ । 

बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ४ जेठ ३० गते देखि शुरु भएको हो । सिजन ४ को कोचका रूपमा सत्यराज आचार्य, मिलन नेवार, खेम सेञ्चुरी र मेलिना राई छन । सत्यराज र खेम शोको नयाँ कोचका रूपमा भित्रिएका हुन ।  

‘भ्वाइस किड्स’ मा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिएका छन् । शो हिमालय टिभी र द भ्वाइस अफ नेपालको युट्युबमा हेर्न सकिन्छ ।

View : 153

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved