विराटनगर
नेकपा एमाले विराटनगर वडा नं ४ को अध्यक्षमा नवराज काफ्ले पुनः निर्वाचित भएका छन्। सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शनिबार सम्पन्न मतदान प्रक्रियाबाट काफ्लेले १९६ मत खसेकोमा १४६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका प्रतिस्पर्धी राधेश्याम घिमिरेले ४७ मत प्राप्त गरे। निर्वाचन समितिका अनुसार ३ मत बदर भएका थिए। काफ्लेले घिमिरेलाई ९९ मतको फराकिलो अन्तरले पराजित गरे।
यसअघि पनि काफ्ले वडा नं ४ को अध्यक्ष थिए। आफ्नो कार्यकालभर उनले पार्टी गतिविधिलाई सशक्त रुपमा अगाडि बढाएका थिए भने वडामा विभिन्न सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरेका थिए।
पुनः अध्यक्षमा निर्वाचित भएपछि काफ्लेले पार्टी संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
View : 1224
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved