आफ्नो व्यवस्था आफैँ गर्न सक्छौँ,’उनले भने, “नियन्त्रणकारी कानुन बनाएर मात्रै प्रेसलाई व्यवस्थित गर्न सकिँदैन। त्यस्ता कानुन कार्यान्वयन गर्न पनि कठिन हुन्छ।’
उनले प्रेस काउन्सिल र पत्रकार महासंघले बनाएको आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै पत्रकारिता क्षेत्रको आत्मनियमनलाई कमजोर बनाउने गरी राज्यले हस्तक्षेप गर्न नहुने बताए। सांसद तथा राज्यका संस्थाहरूलाई समेत प्रेस स्वतन्त्रताको महत्त्वबारे सचेत गराउन पत्रकारिता क्षेत्रले निरन्तर आवाज उठाउनुपर्ने उनको आग्रह थियो।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष सुरेशराज आचार्य, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा। महेन्द्र विष्ट, शिव गाउँले, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेलगायतले पनि धारणा राखेका थिए।
View : 157
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved