Biratnagar, Morang, Nepal
खेलकुद

आइसिसी विश्व कप लिग २ : कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित

-
अखवारका कुरा
२ जेठ २०८३, शनिवार

Advertisement

काठमाडौं । आइसिसी विश्व कप लिग २ मा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ ।
कुशल भुर्तेलको सानदार शतकमा नेपालले अमेरिकालाई हराएको हो । जितका लागि १ सय ९६ रनको सामान्य लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेटको नोक्सानीमा पूरा गरेको हो ।
नेपालको जितमा कुशलको शतकमा आशिफको साझेदारी र दीपेन्द्र सिंह ऐरीको बलिङ प्रमुख रह्यो ।
ओपनरद्वय कुशल र आशिफले उत्कृष्ट सुरूवात दिलाए । अमेरिकन बलरहरूलाई निरिह बनाउँदे नेपालले पहिलो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरे ।
२६.३ ओभरमा अमेरिकाका मोहम्मद मोहसिनले यो ठुलो साझेदारी तोडे । आशिफ ७२ बल खेल्दै ५८ रन बनाएर आउट भए । यो क्रममा आशिफले एक दिवसीय क्रिकेटमा आशिफले १५ औं अर्धशतक पनि पुरा गरे ।
आशिफ एक दिवसीय क्रिकेटमा नेपालको लागि सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन् ।
क्रिजमा जमेका कुशलले एक दिवसिय क्रिकेट करियरमा कै सर्वाधिक रन समेत बनाए । उनी अविजित १ सय २० रनमा रहँदै नेपाललाई सहज जित दिलाउन सफल रहे । यसअघि उनले नामिबिया विरुद्ध १ सय १५ रन बनाएका थिए ।
आज १ सय ४ बल खेल्दै १२ चौका र ३ छक्का सहित उनले शतक बनाए ।
त्यसअघि टियु क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रनमा समेटियो ।
सातौं ओभरको पहिलो बलमा अमेरिकाले पहिलो विकेट गुमायो । सायान जहाँङ्गीर ६ रनमा सोमपालको बलमा बोल्ड आउट भए । पहिलो विकेट गुमाउँदा २२ रन बनाएको थियो ।
यसपछि स्मित र सेहान जयसुर्याले दोस्रो विकेटको लागि शतकीय साझेदारी गरे। यो साझेदारीलाई दीपेन्द्रले तोडे। सेहान दीपेन्द्रको बलमा गुल्सन झाद्वारा क्याच आउट भए। उनले ५२ बलमा ५ चौका र १ छक्का सहित ५० रन बनाए।
लगतै कप्तान साइतेजा मुकामुल्ला ४ रनमा सन्दीपद्वारा बोल्ड आउट भए। तेस्रो विकेट गुमाउँदा अमेरिकाले १ सय ४० रन बनाएको थियो। यसपछि नेपालले सानदार कमब्याक गर्दै निरन्तर अन्तरालमा विकेट निकाल्न सफल रह्यो।
यसपछि पाँचौं ओभरमा ओपनर स्मित पटेलले जीवनदान पाए। १४ रनमा सोमपाल कामीको बलिङमा आशिफ शेखले क्याच ड्रप गरे। यसपछि क्रिजमा जमेका उनी सोमपालद्वारा आउट भए।
८९ बल खेल्दै स्मित ८ चौका र ३ छक्का सहित टिमको लागि सर्वाधिक ८३ रन बनाए । लगतै शुभम रान्जने २ रनमा रन आउट हुन पुगे। १ सय ७० रनको स्थितिमा अमेरिकाले ५ विकेटको नोक्सानीमा १ सय ७० रन जोडेको थियो।२६ औं खेलमा अमेरिकाको आठौं हार हो । अमेरिका ३६ अंक सहित दोस्रो स्थानमा रहेको छ । नेपालको यो नवौं जित हो ।

View : 20

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved