विराटनगर — नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिको सहसचिवमा टिकाराम सापकोटा निर्विरोध निर्वाचित भएका छन्।
सहसचिव पदका अर्का उम्मेदवार दिवस गिरीले आफ्नो मनोनयन फिर्ता लिएपछि सापकोटा निर्विरोध निर्वाचित भएका हुन्।
सापकोटा विगत १७ वर्षदेखि नेपाली कांग्रेसमा क्रियाशील रहँदै आएका छन्। उनी आफूलाई ‘जन्मजात कांग्रेस’ भन्न रुचाउँछन्। सानैदेखि परिवारमा राजनीतिक वातावरण देख्दै हुर्किएका सापकोटा पछिल्लो समय पार्टीको नेतृत्व तहमा निर्वाचित भएका हुन्।
परिवारको राजनीतिक पृष्ठभूमि र लामो समयदेखि पार्टी संगठनमा गरेको सक्रियतालाई आफ्नो राजनीतिक यात्राको आधारका रूपमा लिँदै आएका सापकोटाले अब महानगर कार्यसमितिको सहसचिवका रूपमा संगठनात्मक जिम्मेवारी सम्हाल्नेछन्।
विराटनगर महानगर कांग्रेसको नेतृत्व तहमा सापकोटाको निर्विरोध चयनलाई उनको लामो समयदेखिको पार्टी सक्रियतासँग जोडेर हेरिएको छ।
View : 82
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved