Biratnagar, Morang, Nepal
मनोरंजन

महेश र अस्मिताको ‘सोलफुल युएसए म्युजिकल यात्रा’ सम्पन्न

-
अखवारका कुरा
१७ कार्तिक २०८२, सोमवार

Advertisement


काठमाडौं । चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको ‘सोलफुल युएसए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ । यो जोडीले अमेरिकाको १५ भन्दा बढी शहरमा विभिन्न साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएका हुन् । 
‘थ्री ई इन्टरटेन्मेन्ट’ले महेश र अस्मिताको जोडिलाई फिचर्ड गर्दै आयोजना गरेको ‘सोलफुल म्युजिकल यात्रा’ करिब साढे दुई महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको थियो ।
भर्जिनियाको एसबर्नमा आयोजित दसैँ तिहार फेस्टिभल र टेक्ससको ड्यालसमा आयोजित मस्म फेस्टिभलमा महेश र अस्मिताको युगल जोडीलाई हेर्न १५००० भन्दा बढीको सङ्ख्यामा दर्शक उपस्थित भएको आयोजक थ्रीइ इन्टरटेन्टमेन्टका तर्फबाट सुरेश सापकोटाले जानकारी दिए ।  ‘सोलफुल युएसए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको र दर्शकहरूले महेश र अस्मिताको जोडीलाई निकै रुचाएको आयोजकले बताए ।  
परदेशमा रहनु भएका नेपालीसँग तिज दसैँ तिहार जस्तो महत्त्वपूर्ण नेपाली चाड सँगै मनाउँदै प्रस्तुति दिन रमाइलो भएको अस्मिता र महेशले बताए ।

 

View : 47

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved