ज्योतिष, साहित्य र कर्मकाण्डका ज्ञाता डा.रुद्रनाथ अधिकारी काठमाडौंमा सम्मानित
विश्वम्भरा ज्योतिष विज्ञान परिषद्ले ग¥यो डा. रुद्रनाथ अधिकारीलाई सम्मान
काठमाडौं । विश्वम्भरा ज्योतिष विज्ञान परिषद् नेपालले प्रसिद्ध ज्योतिषाचार्य, कर्मकाण्डविद् तथा गीतकार डा. रुद्रनाथ अधिकारीलाई सम्मान गरेको छ ।
परिषद्को १३औँ साधारण सभा तथा अधिवेशनका अवसरमा डा.अधिकारीलाई ज्योतिष, कर्मकाण्ड, धर्मशास्त्र तथा साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
डा. अधिकारी राष्ट्रिय समावेशी म्युजिक निम अवार्डको नवौँ संस्करणअन्तर्गत सुगम सङ्गीत (पुरुष) विधामा उत्कृष्ट स्थान हासिल गरेका गीतकार हुन् । उनले वर्षको उत्कृष्ट गीतकार अवार्डसमेत प्राप्त गरेका छन् ।
त्यसैगरी, डा.अधिकारी गत महिना श्रीलंकामा आयोजित ‘ग्लोबल ब्रान्ड अवार्ड २०२६’ (सिजन–२, श्रीलंका च्याप्टर) बाट पनि सम्मानित भएका थिए ।
अगस्ट २५ देखि २९ सम्म श्रीलंकाको कोलम्बोस्थित प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्रिज’ मा आयोजित विशेष अन्तर्राष्ट्रिय समारोहमा उनलाई नेतृत्व, नवप्रवर्तन तथा समाजमा पु¥याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको थियो ।
बहुआयामिक तथा बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित डा. अधिकारी नेपालका चर्चित ज्योतिषमध्ये एक मानिन्छन् । ज्योतिषसँगै कर्मकाण्ड, धर्मशास्त्र र साहित्यमा समेत उनको सक्रियता रहँदै आएको छ ।
उनका लेख, साहित्य तथा गीतमा जीवन, समाज, संस्कृति र मानवीय भावनाका विविध आयाम प्रस्तुत हुने गरे । उनका सिर्जनामा साहित्यिक गहिराइसँगै सांगीतिक संवेदनशीलताको संयोजन पाइने गरेको समीक्षकहरूको भनाइ छ ।
पछिल्ला केही वर्षयता डा. अधिकारी साहित्य, पुस्तक तथा गीत लेखनमा निरन्तर सक्रिय छन् । विभिन्न क्षेत्रमा प्राप्त सम्मानले उनको बहु आयामिक सिर्जनात्मक यात्रालाई थप स्थापित गरेको छ ।
View : 23
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved