Biratnagar, Morang, Nepal
स्वास्थ

ई–सिगरेटको प्रयोग रोक्न कडा कानुन र विज्ञापन नियन्त्रण जरुरी छ : महानिर्देशक उपाध्याय

-
अखवारका कुरा
१७ जेठ २०८३, आइतवार

Advertisement

काठमाडौं । आयुर्वेद विभागको महानिर्देशका डा.वासुदेव उपाध्यायले ई–सिगरेट अर्थात विद्युतीय चुरोट(भेप)को बढ्दो प्रयोग रोक्न कडा कानुनी व्यवस्था, विज्ञापन नियन्त्रण जस्ता व्यवस्थाहरु अघि सार्नुपर्ने बताएका छन् ।
उनले धूम्रपान नियन्त्रण केवल कानुनले मात्र सम्भव नहुने उल्लेख गर्दै कडा नियम साथै उत्पादन र पैठारी रोक्नेलगायत विज्ञापनहरू पनि बन्द गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।
उनले भने, ‘सोसल मिडियामा भइरहेको विज्ञापन रोक्नुपर्छ । यसका लागि अलि कडा नियम, उत्पादन, पैठारी रोक्ने जस्तादेखि लिएर विज्ञापनहरू बन्द गर्नुपर्ने अवस्था देखिन्छ ।’
उनले सार्वजनिक स्थानमा धूम्रपान वा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई सामाजिक रूपमा निरुत्साहित गर्नुपर्ने र समुदायस्तरमै यसको नियन्त्रणका लागि पहल आवश्यक रहेको धारणा राखे ।
उनले गाउँघरतिर गुट्खा र बिँडी रोक्न नसकेको बताउँदै यसलाई रोक्नको लागि अहिलेदेखि कदम चालिएन अश्यकता रहेको उल्लेख गरे ।
उनले भने, ‘हामीले गाउँघरतिर गुट्खा र बिँडी रोक्न सकेका छैनौँ, यसलाई रोक्नको लागि अहिलेदेखि कदम चालिएन भने अब रोक्न गाह्रो हुन्छ ।‘
पछिल्लो समय युवापुस्तामा, विशेषगरी महिलाहरुमा समेत यसको प्रयोग फेसनका रूपमा फैलिन थालेको उनको दाबी गरे ।
महिलाहरूमा ई–सिगरेट अर्थात भेपप्रतिको आकर्षणबारे थप अध्ययन आवश्यक रहेको उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई त्यसतर्फ ध्यान दिन आग्रह समेत गरे । उनले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने अवधारणालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

View : 21

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved