काठमाडौं । श्रम संस्कृती पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ सच्याउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले नेपालले अन्य देशको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसको पुष्टि गर्नुपर्ने बताए । उनले भने, ‘देशकै प्रधानमन्त्रीले संसद्को रोस्टमा उभिएर जुन खालको अभिव्यक्ति दिनुभएको छ त्यो सचाइनुपर्छ भनेर माग गदै आएका छौँ । उहाँले सिमानाको बारेमा नेपालले कहाँ कहाँ सिमाना मिचेको रहेछौं भन्ने बारेमा पुष्टि गरिदिनुपर्छ । होइन भने नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाइलाई सच्याउनु पर्दछ । त्यसको लागि माफी माग्नु पर्दछ ।’ राईले प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न नसके नेपाली जनतालाई सम्बोधन गरेर अभिव्यक्ति सच्याउन र माफी माग्नुपर्ने माग गरे । उनले उक्त विषय समाधान नभएसम्म अन्य विषयमा प्रवेश गर्नु उचित नहुने धारणा समेत राखे । उनले सीमाको सुरक्षालाई राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै सीमामाथि हुने अतिक्रमणविरुद्ध स्पष्ट नीति आवश्यक रहेको बताए ।
View : 24
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved