Biratnagar, Morang, Nepal
देश

प्रधानमन्त्रीसँग भेटेपछि प्रसाईंले भने, पुस २ सम्म सरकारले हाम्रो मागबारे निर्णय नलिए चुनाव हुँदैन्

-
अखवारका कुरा
२२ मंसिर २०८२, सोमवार

Advertisement

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राजसंस्था पुनःस्थापना लगायतका आफूहरुको मागको विषयमा सरकारले पुस २ गतेसम्म निर्णय दिने जानकारी गराएका छन् ।


सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेपछि पत्रकारहरूसँगको कुराकानीमा उनले सर्वदलीय तरिकाले यो व्यवस्था ठीक छ कि छैन भनेर जनमत संग्रहमा जान माग गरेको बताउँदै पुस २ गतेसम्म सरकारले निर्णय दिने जानकारी दिएका हुन् ।


त्यस्तै उनले सरकारले यदी पुस २ गतेसम्म निर्णय दिन नसके चुनाव नहुने चेतावनी दिए ।उनले भने, ‘सर्वदलीय तरिकाले यो व्यवस्था ठीक छ कि छैन भनेर जनमत संग्रहमा जाऔं । जनताले खुशीसाथले भोट हाल्यो भने त सकियो नि त, झगडा, आन्दोलन लडाइँ नगर्ने हो भने सबै विषयमा जनमत संग्रहमा जाऔं । यदी पुस २ गतेसम्म डिजिसन दिन सक्नुभएन भने चुनाव हुँदैन ।

चुनाव त चाहिँदैन हामीलाई,’ उनले भने,त्यस्तै, उनले प्रधानमन्त्री र गृहमन्त्रीले आफूहरुको मागका विषयमा मजाले सुनिदिएको भन्दै यिनै मागहरूलाई भ¥याङ बनाएर र गरिबहरूको लासमाथि टेकेर आज कम्युनिष्टहरुले अर्बौं कमाएको कुरा आफूले राखेको सुनाए ।

View : 29

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved