Biratnagar, Morang, Nepal
खेलकुद

ग्रामथानमा अध्यक्ष कप फुटबल सुरु, चौधरी चौक युवा क्लब सेमिफाइनलमा

-
अखवारका कुरा
१६ जेठ २०८३, शनिवार

Advertisement

 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–१ मा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। दीप ज्योति युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ८ टोली सहभागी छन्।

लखन्तरी नडियाटोकस्थित खेल मैदानमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा चौधरी चौक युवा क्लब, महेशपुरले टाइगर क्लब, नेताचौकलाई ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

चौधरी चौकको जितमा अनिश चौधरीले २ गोल गर्दा अनुप मगर र हरि चौधरीले समान १–१ गोल गरे। टाइगर क्लबका लागि अंजेश चौधरी, सुमन दास र समिर चौधरीले समान १–१ गोल फर्काए।

खेलको म्यान अफ द म्याच चौधरी चौक युवा क्लबका अनिश चौधरी घोषित भए। उनले नगद १ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत शनिबार दोस्रो क्वार्टरफाइनल खेल हात्तिमुढा स्पोर्टिङ क्लब, हात्तिमुढा र विराट स्पोर्ट्स एकेडेमी, विराटनगरबीच हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन ग्रामथान गाउँपालिकाका अध्यक्ष ले गरेका थिए। गाउँपालिकाको सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ तथा उपविजेताले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुने आयोजकले जनाएको छ।

View : 24

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved