Biratnagar, Morang, Nepal
देश

आफ्ना पुर्व निर्धारित सबै कार्यक्रम स्थगित गर्दै उद्धारमा ध्यान केन्द्रित गर्दै प्रधानमन्त्री

-
अखवारका कुरा
२४ असार २०८२, मङ्गलवार

Advertisement

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले बेपत्ता र पीडित नागरिकप्रति गहिरो समवेदना जनाउँदै उद्धार र राहतमा सरकारले कुनै कमी हुन नदिने बताएका छन्।

तिब्बतको सीमावर्ती क्षेत्रमा भएको लगातारको भारी वर्षाका कारण त्रिशुली नदीमा बाढी आएको हो। बाढीले ठूलो जनधनको क्षति गरेको छ।

प्रधानमन्त्री ओलीले सामाजिक संजालमा लेखेका छन  ‘यस दुःखद घडीमा अत्यावश्यक बाहेकका सबै निर्धारित कार्यक्रम स्थगित गरी प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्यको नियमित रिपोर्ट  लिइरहेकै छु।’

उनले सम्भावित जोखिम क्षेत्रहरूमा तत्काल आपतकालीन सहायता पुगोस् भनेर सबै निकायलाई निर्देशन दिइएको जानकारी दिए। ‘सरकारका तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिएको छु,’ उनले भने।

प्रधानमन्त्री ओलीले उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय र सबै सरोकारवालाहरूलाई आभार व्यक्त गर्दै सबैको सहयोगको अपेक्षा पनि गरेका छन्।

View : 222

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved