राजनितीमा युवाको आकर्षण
काठमाडौं : नेपाल जेसीजका सन २०२४ का राष्ट्रिय अध्यक्ष रविन पोखरेल एमालेमा प्रबेश गरेका छन ।
सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता विभा बस्नेत, युवाहरू शिवानी गौतम, गायत्री बिसीलगायत पनि एमालेमा प्रबेश गरेका छन ।
युवाहरु लाई एमाले प्रबेश गराउदै प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरूको साझा उद्देश्य भएको बताएका छन् ।
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरूको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताएका हुन् ।
‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईँहरुको एमालेमा आउने छनोट सही छ । तपाईँहरू नमुना हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने,‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरू सबै मिलेर साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरू ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरूलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवन यापन गर्न पनि आग्रह गरे ।
View : 410
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved