विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयसम्बद्ध अन्नपूर्ण कलेज अफ ल' ले B.A.LL.B प्रथम वर्ष (२०८२) का नयाँ विद्यार्थीहरूका लागि हिलेको कान्जीरोवा होटलमा दुई दिने आवासीय ओरिएन्टेशन कार्यक्रम सम्पन्न गरेको छ।
कलेजका प्राचार्य अधिवक्ता विकास थापाको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई विधि शिक्षा, भविष्यको करियर मार्गदर्शन तथा शैक्षिक वातावरणबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा कानुन क्षेत्रका विज्ञहरूको विशेष सत्र, समूहगत छलफल, प्रेरणादायी अभिमुखीकरण तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षणसमेत समावेश गरिएको थियो।
साथै, विद्यार्थीहरूको सक्रिय सहभागितासहित मनमोहक हाइक, रमाइलो खेलकुद, संगीत संध्या, क्याम्प फायर लगायतका मनोरञ्जनात्मक गतिविधिले कार्यक्रमलाई अझै जीवन्त र स्मरणीय बनाएको कलेजले जनाएको छ।
कलेजका अनुसार विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता र अनुशासित उपस्थितिले उक्त ओरिएन्टेशन कार्यक्रम सफल र अर्थपूर्ण बनेको छ, जसले नयाँ शैक्षिक बाटोमा प्रवेश गरेका विद्यार्थीहरूलाई प्रेरित र अभिप्रेरित गरेको छ।
View : 32
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved