विराटनगर जुनियर जेसीज
विराटनगर जुनियर जेसीजको आयोजनामा ‘द आर्ट अफ डाइनिङ: मास्टरिङ टेबल म्यानर्स’ तालिम आज लोकसेवा रेस्टुरेन्ट एण्ड बारमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर जेसीजका पूर्व अध्यक्ष घनश्याम राठी थिए भने तालिमका प्रशिक्षक एस्पायर कलेजका शैक्षिक कोअर्डिनेटर तथा विराटनगर जेसीज वर्ष २०२५ का इभेन्ट कोर्डिनेटर सरोज पौडेल रहेका थिए ।
कार्यक्रममा विराटनगर जेसीज तथा जुनियर जेसीजका पूर्व अध्यक्ष उज्ज्वल खरेल विशेष उपस्थिति रहेको थियो।
साथै नेपाल जुनियर जेसीज क्षेत्र ‘क’ संयोजक जुनियर जेसी गौरव कर्ण समेत कार्यक्रममा उपस्थित थिए भने बिराटनगर जुनियर जेसिज २०२५ की अध्यक्ष आयुषा खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो।
तालिमका क्रममा खानपानका सौजन्य, औपचारिक तथा अनौपचारिक भोजनका शिष्टाचार, टेबल म्यानर्स, सही तरिकाले छुरी-काँटा प्रयोग गर्ने विधि लगायतका विषयमा सहभागीलाई प्रशिक्षण प्रदान गरिएको थियो।
विराटनगर जुनियर जेसीजले यस्ता व्यावहारिक सीप अभिवृद्धि गर्ने कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
उक्त कार्यक्रमका निरुपित उपाध्यक्ष आदित्य कोइराला र तालिम निर्देशक दिया बानियाँले कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रम बारे अझै विस्तृत जानकारी दिएका थिए।
View : 615
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved