Biratnagar, Morang, Nepal
स्वास्थ

दशैँमा स्वास्थ्यको हेरचाह

दशैंमा खानपान र स्वास्थ्य: सन्तुलन मिलाऔं

डाक्टर पार्थ गुरागाईं
१२ असोज २०८२, आइतवार

Advertisement

दशैं नेपालीहरूको सबैभन्दा ठूलो पर्व हो । परिवार, साथीभाइसँग भेटघाट, रमाइलो र स्वादिष्ट परिकारहरू खाने अवसर यसै बेला पाइन्छ । तर, हाम्रा खाने बानी स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित हुन्छन् । दशैंमा धेरै मासु, बोसोयुक्त (तेलिलो) परिकार, मिठाई र मदिरा सेवन हुने भएकाले स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले यो पर्वलाई स्वास्थ्यसँगै रमाइलो बनाउन खानपान र व्यायाम दुवैमा ध्यान दिन आवश्यक छ ।


दशैंमा खानपानमा ध्यान दिनुपर्ने कुरा
मासु छनोटमा सन्तुलन
-मासु खानैपर्छ भने माछा, कुखुराको  मासु बढी उपयुक्त हुन्छ ।
-मासु पकाउँदा भुट्ने वा तर्नेभन्दा उमाल्ने, पोल्ने वा ग्रिल गर्ने तरिका छनोट गर्नुपर्छ ।

तेल मसला कम गर्ने।

दशैंमा झोलयुक्त, मसालेदार वा धेरै तेलमा तारेका परिकार बढी खाइन्छन् । यसले पाचन समस्या, ग्यास्ट्रिक, र पेट भारी हुने समस्या ल्याउन सक्छ ।तेलको मात्रा कम गरेर पकाउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।


मिठाई चिनी सीमित गर्नु
लड्डु, पेढा, रसबरी, जलेबीजस्ता परिकारमा धेरै चिनी हुन्छ ।
मधुमेह, मोटोपना र मुटुका समस्या भएका व्यक्तिले विशेष ध्यान दिनुपर्छ ।
तरकारी सलाद अनिवार्य
मासुका साथ–साथै हरियो सागपात, सलाद, फलफूललाई दैनिक थालमा राख्नु स्वास्थ्यका लागि आवश्यक हुन्छ ।
फाइबरयुक्त खाना खाँदा पेट सजिलै पच्छ र शरीर हलुका महसुस हुन्छ ।
पानीको सेवन बढाउनु
मदिरा, बोसोयुक्त खाना र मिठाईले शरीरलाई डिहाइड्रेट गर्छन् ।
दिनमा ८–१० गिलास पानी पिउनु लाभदायी हुन्छ ।
दशैंमा गर्नुपर्ने व्यायाम
हिँड्ने बानी बसालौँ
बिहान वा बेलुकी आधा घण्टा नियमित पैदल हिँड्न सकिन्छ ।
परिवारसँगै बिहानबेलुकी हिंड्दा रमाइलो पनि हुन्छ र स्वास्थ्य पनि राम्रो रहन्छ ।
घरमै सजिला व्यायाम
साधारण स्ट्रेचिङ, योग, प्राणायाम वा पुशअप–सिटअप जस्ता हलुका व्यायाम गर्न सकिन्छ ।
यसले खानपानले दिएको अतिरिक्त क्यालोरीलाई नियन्त्रण गर्छ ।
नृत्य वा रमाइलो खेलकुद
परिवार वा साथीहरूसँग हल्का नाच्ने वा खेलकुद गर्ने गतिविधिले पनि व्यायामको काम गर्छ ।
ध्यान मानसिक स्वास्थ्य
दशैंमा बढी खानपानसँगै तनाव, थकाइ पनि हुन्छ ।
ध्यान, श्वास–प्रश्वास अभ्यासले मानसिक शान्ति दिन्छ र शरीरलाई ताजगी मिल्छ।

View : 162

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved