मिर्मिर भयो चराहरूको चिरबिर आवाज
आयो ओहो उदय ती सूर्य
उठन नानी बाबू खोलन पुस्तक
अक्षराका पानाहरु ती गाताले पुरिए।
कोपिला हौ हामी फक्रिएर फुल बन्नुपर्छ
भविष्यका कर्णधार हामी
शिक्षाको ज्योति सबै तिर छर्नुपर्छ
अन्धकार होइन भविष्यलाई उज्यालो तिर मोड्नु पर्छ।
यो देशको खम्बा बनी
देशको मुहार सकुसलले फेर्नुपर्छ
हो नानी बाबू तिमी वीर गोर्खालीको सन्तान हौ
हटेर होइन डटेर अघि बढ्नुपर्छ।
सत्तामा पुगेसी कुर्सी मात्र हेर्ने ति
भ्रस्टचारी नेताहरुले शिर झुकाएर हिन्नुपरोस्
ताकि यतिमात्र भन्छु म आम नेपाली
गरिबीकै कारण भोक– भोकै मर्नु नपरोस्।
देशमा रोजगार पाऔ ताकी
सम्पूर्ण युवाहरु खडी पस्नु नपरोस्
हाम्रा आमा बा वृद्ध हुँदा
वृद्धा आश्रममा जानु नपरोस्।
अनुशा अधिकारी
भोजपुर
View : 1658
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved