Biratnagar, Morang, Nepal
शिक्षा

ग्रीनल्यान्ड कलेजको ऐतिहासिक सफलता, ९५.९७ प्रतिशत विद्यार्थी उत्तीर्ण

-
अखवारका कुरा
२० साउन २०८२, मङ्गलवार

Advertisement

ग्रीनल्यान्ड कलेजले यस वर्षको कक्षा १२ को परीक्षामा ऐतिहासिक सफलता हात पारेको छ । कुल ६७० जना विद्यार्थी परीक्षामा सहभागी हुँदा ९५.९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

कलेजका अनुसार सबैभन्दा उच्च जीपीए ३.९२ रहेको छ । त्यस्तै, २६ जना विद्यार्थीले A+ ग्रेड ल्याएका छन् भने २३० जनाले A, २७७ जनाले B+, १०३ जनाले B र ७ जनाले C+ ग्रेड प्राप्त गरेका छन् ।न्यून संख्यामा मात्र विधार्थीले NG ग्रेड ल्याएका छन । 

कलेज प्रशासनले यो नतिजालाई ग्रीनल्यान्ड कलेजको शैक्षिक उत्कृष्टताको प्रमाणका रूपमा लिएको छ । कलेजका प्रधानाध्यापक दिनेश दाहालले भने , “हामी हाम्रो नतिजाबाट बोल्छौं । विद्यार्थीको निरन्तर मेहनत, शिक्षकको समर्पण र कलेज व्यवस्थापनको प्रभावशाली संयोजनले यो परिणाम सम्भव भएको हो ।” 

शैक्षिक क्षेत्रमै आफूलाई अब्बल सावित गर्न सफल ग्रीनल्यान्ड कलेजले आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई प्राथमिकता दिदै नविनतम प्रविधिमा आधारित शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

View : 709

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved