विराटनगर । विराटनगर २ मा रहेको सेन्टजोसेफ कलेज छोटो समयमा विद्यार्थीहरूको रोजाइमा पर्न सफल रहदै आएको शैक्षिक सस्था हो । शैक्षिक सत्र २०८३ र २०८४ का लागि सेन्ट जोसेफमा अध्ययन गर्न आउनेहरुको सङ्ख्या बढ्दै गईरहेको छ ।
दक्ष तथा अनुभवी शिक्षकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सेन्टजोसफले विराटनगर–२ स्थित आफ्नै जग्गामा भएको पाँचतले भवनमा होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, विज्ञान र कम्प्युटर विज्ञानको पठनपाठन संचालन गरिरहेको छ । विद्यार्थीहरुलाई नतिजा संगै सिप विकासमा ध्यान दिदै आईरहेको सेन्ट जोसेफमा हाल नेपालकै उत्कृष्ट अंक ४ जिपीए ल्याउने विद्यार्थीहरुको रोजाईमा पर्न सफल भएको छ ।
के भन्छन् विद्यार्थीहरु?
बरदान केसी
सेन्टजोसेफले पाठ्यक्रक संगै प्रयोगात्मक सिकाइमा बिशेष जोड दिन्छ । सेन्टजोसेफमा पारिवारीक वाताबरणमा पठनपाठन गर्ने भएका कारण विद्यार्थीहरूको रोजाइमा पर्दै आइरहेको छ । होटल म्यानेजमेन्ट विषयका लागी ल्याव र हरेक बर्ष नेपाल भरीका विभिन्न तिन तारे र पाँचतारे होटलहरुको शैक्षिक भ्रमण समेत गराईन्छ । साथै दक्ष शिक्षकहरू हुनुहुन्छ । कलेजमा सुविधा सम्पन्न कक्षाकोठा, छात्रबास र यातायातको राम्रो सुविधा छ । जसका कारण सेन्टजोसेफ रोजाईमा परेको हो । विगत १० बर्षदेखी म सेन्ट जोसेफमा अध्ययनरत रहेको छु र ११ र १२ को अध्ययन पनी यहिँबाट गर्दैछु तपाईहरुपनी सेन्ट जोसेफमा ढुक्क भई आउनुहोला ।
आरोहि झा
सेन्टजोसेफले प्रयोगात्मक सिकाइमा जोड दिन्छ । पारिवारीक वाताबरणमा पठनपाठन गर्ने सेन्टजोसेफ विज्ञान र म्यानेजमेन्टको गन्तव्यको रूपमा अब्बल छ । कलेजमा सुविधा सम्पन्न कक्षाकोठा, छात्रबास र यातायातको राम्रो सुविधा छ । जसका कारण सेन्टजोसेफ रोजाईमा परेको हो । विज्ञान र म्यानेजमेन्टमा आवश्यक पर्ने सम्पुर्ण सामग्री कलेजमा उपलब्ध भएका कारणले विद्यार्थीलाई कुनै समस्या हुँदैन । यसैले सेन्ट जोसेफ मेरो रोजाइमा परेको हो ।
सेन्टजोसेफ नै किन रोज्ने ?
सेन्टजोसेफमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरूले देशका ठुला रेष्टुरेन्ट र होटलहरूमा काम गरिरहेका छन् । कलेजले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाईमा जोड दिदै आईरहेको छ । पठन पाठनका लागि चाहिने सम्पुर्ण सामग्रीहरू हामीसँग छन् । किताबी ज्ञानले मात्र पुर्ण सिकाई नहुने भएकाले प्रयोगात्मक रुपमा चाहिने सबै सामग्री विद्यार्थीलाई उपलब्ध गराएको छ।
सेन्टजोसेफ दक्ष , योग्य, र क्ष्मतावान विद्यार्थी उत्पादनमा लागि परेको छ । होटल म्यानेजन्टका लागि सुबिधासम्पन्न प्रयोगशालाको समेत व्यवस्था गरिएको छ । स्नातकमा मात्र पढाई हुने बेकरी सम्बन्धि पढाई यहाँ प्लस टुमा पढाईने गरेको छ । ४ वर्षको अवधिमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरू आफ्नो जिवन निर्वाह गर्न सक्ने योग्य बनेका छन् । त्यसैले सेन्ट जोसेफ अरुको तुलनामा फरक छ ।
View : 51
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved