Biratnagar, Morang, Nepal
अर्थ

मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमिति निर्विरोध

-
अखवारका कुरा
२८ भदौ २०८३, आइतवार

Advertisement

 

 

विराटनगर : मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमिति निर्विरोध चयन भएको छ । आइतबार भएको निर्वाचनमा वाणिज्यतर्फ ८ र उद्योगतर्फ ८ सदस्यका लागि आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेपछि सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचनपछि बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले पदाधिकारीसमेत चयन गरेको छ । बैठकले अनिल कुमार साहलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्य उपाध्यक्षमा विकास कुमार बेगवानी र उद्योग उपाध्यक्षमा संजय कुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै महासचिवमा अमित कुमार सारदा, सचिवमा अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित सिंघानिया, सह–कोषाध्यक्षमा मनिष कुमार मारु तथा प्रवक्तामा सुशिल सुराना चयन भएका छन् ।

निर्वाचनबाट राजेश कुमार अग्रवाल आर्थिक समिति संयोजकसहित कार्यसमिति सदस्यमा विवेक कुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा र बेदान्त जाजु निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा डा. बन्दना जैन, लोकेश टिवडेवाला, धिरज मोहता र ओम प्रकाश शर्मालाई मनोनित गरिएको छ । संघको नियमअनुसार निवर्तमान अध्यक्ष अनुपम राठी पदेन सल्लाहकार रहनेछन् ।

नवनिर्वाचित कार्यसमितिले डा. दिपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाललाई आमन्त्रित सदस्यमा मनोनयन गरेको छ ।

यसैगरी महिला उद्यम समितिको संयोजकमा साधना झा र सह–संयोजकमा जीना श्रेष्ठलाई चयन गरिएको संघले जनाएको छ ।

 

View : 19

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved