Biratnagar, Morang, Nepal
देश

राष्ट्रिय सभा निर्वाचन : कोशीमा मतदान जारी

-
अखवारका कुरा
११ माघ २०८२, आइतवार

Advertisement

विराटनगर : कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि धमाधम मतदान भइरहेको छ । प्रदेश राजधानी विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान भइरहेको हो । 

मतदानको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मलाई तोकिएको छ । कोशीमा ३ पदमध्ये २ पदका लागि मात्रै मतदान हुनेछ । अन्य समूहतर्फ नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले उक्त पदका लागि मतदान आवश्यक भएन । 

कोशीमा महिला र दलित कोटा गरी २ पदका लागि मात्र निर्वाचन भइरहेको छ । गठबन्धनमा एमालेबाट दलिततर्फ सोमनाथ पोर्तेल र महिला तथा अल्पसंख्यकतर्फ रोशनी मेचे एवं नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपाने उम्मेदवार छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका मेयर तथा उपमेयर र अध्यक्ष एवं उपाध्यक्ष मतदाता हुने व्यवस्था छ । कोशी प्रदेशमा ९२ जना प्रदेशसभा सदस्यसहित कुल ३५९ जना मतदाता छन् । निर्वाचन प्रणाली अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ तोकिएको छ ।

View : 34

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved